Aamsanchar

‘रजतपट’ का संचालक प्रकाश सुवेदी विवादमा, अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

Author Image
बिहिवार, पौष ८, २०७८

काठमाडौं ।  चलचित्र क्षेत्रको सकारात्मक र नकारत्मक टिप्पणी गर्ने कार्यक्रम ‘रजतपट’ का संचालक प्रकाश सुवेदी विवादमा तानिएका छन् । अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी हुन् ।

अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफुले सामान्य रुपमा लिँदै आएको बताएकी बर्षाले भनिन् ‘पर्सनल कुरोसँग जोडेर गलत समाचार प्रसारण विषयमा म चुप बस्न सक्दिन ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 531

प्रतिक्रिया (०)

सम्बन्धित खबर