Aamsanchar

नेपाली कांग्रेसका कवच वि पी कोइराला

Author Image
आइतवार, पौष १८, २०७८

वि पी कोइराला २०३३ साल तिर भारतको निर्वासित जीवन एकाएक छोडेर ‘राष्ट्रीय एकता तथा मेलमिलाप’ भनेर नेपाल प्रवेश गरे उन्को प्रवेश पनि तत्कालिन व्यवस्था ले “चुनौति “ ठान्यो र हर सम्भव प्रयास गर्यो रोक्न तर वि पी को धृढ निस्चय , उच्च मनोवल र राष्ट्र प्रेम को अगाडी चुनौति ठान्ने निरिह बने ।
वि पी को त्यो राष्ट्रिय मेलमिलाप कुन पृष्ठभुमी र कुन परिवेस मा जन्मिएको थियो त्यो तत्कालिन शाशकले बुझ्न सकेन या बुज्न चाहेन त्यसैको परिणती आजको वर्तमान अवस्था हो र यो अवस्था लाइ आमन्त्रण गर्ने नेपाली कांग्रेस नेतृत्व लिएर बसेका पनि त्यतिनै जिम्वेवार छन् जति ६२ साल पुर्व शाशक ।
वि पी को राष्ट्रिय एकता तथा मेलमिलाप उनि नेपाल प्रवेश गर्दा को तत्कालिन समय र परिस्थिति को औचित्य र अहिले वि पी को त्यो दर्शन झन सार्थक र औचित्यपुर्ण देखिन्दै छ, २०३३ सालमा त्यो दर्शन त्यो नीति नबुजेका या बुज्न नचाहेका या बुजेर पनि ग्रहण नगरेकाले जुन दुर्घटना देखे अब त्यसो नगर्लान र नेपाली कांग्रेसले पनि विपीको नीति दर्शन लाइ कांग्रेसले परिचय नबनाएकोले कांग्रेसको मौजुदा अवस्था भएको हो ।

नेपाली कांग्रेसले पौष १६ गते मेलमिलाप दिवस मनाउछ , वि पी को तस्विर राख्छन माल्यार्पण गर्छन तर त्यो मञ्चबाट वि पी को मेल मिलाप को व्याख्या हुदैन त्यो दर्शन को चर्चा हुदैन अहिले युवा पुस्ताहरु नेपाली कांग्रेसमा नेतृत्व लिन खोज्दै छन् तर यिनिहरुले वि पी को विचार, वि पी को दर्शन कति बुजेका छन् या कति बुजाउन सक्छन ।
मलाइ लाग्छ अहिले गाँउ गाँउमा जन जनमा कार्यकर्तामा वि पी को विचार पुर्याउनु पर्छ । विचार धेरै सक्तिशाली हुन्छ, आज नेपालमा यही विचार माक्स, लेनिन, स्टालिन, माओ को विचार सवैतिर सम्प्रेषित छ, यही विचारले नेपाल पोषित हुन खोजिरहेको छ, यही विचारको साहित्य, राजनीति ले ठाउँ लिन खोजिरहेको छ ।
नेपाली कांग्रेस को नेता, कार्यकर्ताले वि पी विचार वोकेको भए मनन गरेको भए धारण गरेको भए कुनै पनि नेता ले कही पनि शिर निहुराउनु पर्दैन थियो । कही पनि झुक्नु पर्दैन थियो । र कही पनि चरित्रमा दाग लाग्दैन थियो । उ यती निर्भय हुन्थ्यो, लाग्छ शेर, उ विचारको यति सम्पन्न हुन्थ्यो यती बौद्कि हुन्थ्यो, की कही पनि बौद्कि दरिद्रता , विचारको दरिद्रता प्रकट गर्नु पर्दैन थियो ।

नेपाली कांग्रेसमा पाटी बहिर्गमन हुने मुख्य कारण नै वि पी प्रती निष्ठा प्रतिबद्धता नभएर नै हो र यस्तावाट पाटीलाइ दीर्घकाल सम्म नेतृत्व दिन सक्तैनन् जो वि पी को विचार मा दर्शनमा समाहित हुन्छ ति पाटीमा जीवन प्रयन्त रहन्छ त्यस्तैमा कुल बहादुर गुरुंग लाई लिन सकिन्छ ।
नेपाली कांग्रेसले आफ्ना महामानव नेता, जननायक नेता वि पी लाई चिनाउन सकेन, जन स्तर सम्म पुर्याउन सकेन, वि पी वाट लेखिएको थुप्रै साहित्य, वि पी जीवनीमा लेखिएको कथा , आत्मावृतान्त ,जेल जर्नल, मेलमिलाप सम्वन्धी लेखेका पुस्तक, उन्को विचार, उन्को दर्शन जनजनमा, घर घरमा कार्यकर्तामा पुर्याउने काम कहिले गरेन । नेपाली कांग्रेसले ठुलो परिमाण उक्त पुस्तकहरु प्रकाशन गरेर प्रत्येक घर घर मा पुर्याउन पर्छ, प्रत्येक धुरीमा प्रत्येक घरमा वि पी को विचार दर्शन पुर्याउनु अब जरुरी भैसकेको छ, यि पुस्तकहरु जस्ले पँढछ अध्यन गर्छ त्यो वि पी को अनुनायी नहुने कुरै छैन । यस्लाई नेपाली काग्रेसले गम्भिर रुपमा लिओस् र हेरोस् नतिजा कमसेकम अहिले देखी विज त लगाओस अनि हेरोस् ।

तपाइलाइ थाहा छ विश्वमा धर्म,विचार र दर्शन कसरी अगाडी बडिरहेको छ, कसरी आफ्नो साम्राज्य फैलाइ रहेको छ, त्याहाँ विचार दिने दर्शन दिने र धर्म गुरुहरु अवतारीहरुको उपस्थिती भइरहनु पर्दैन विचार दर्शन त्याहाँ सम्म पुर्याए पुक्छ ।
तपाइलाइ थाहा छ, तिव्वतमा जुन धर्म को चर्चा गरिन्छ त्यो सवै भन्दा पछी आएको हो, त्यो पनि दहेजमा,उत्तर कोरिया, जापान, चिन , कम्वोडिया सवै ठाउमा पुग्यो र अन्तमा तिव्वतमा त्यति खेर तिव्वतमा तत्कालिन राजा धेरै शक्तिशाली र क्रुर थिए, उन्को दवदवाव र प्रभाववाट बच्न चिनका राजाले र नेपाल (एकिकरण पुर्वका) राजा अंशुवर्माले आफ्नी छोरी भृकुटि तिव्वतका राजा स्रंगचंगगफ्मो लाइ आफ्नो छोरी दिदा चिन र नेपालले बुद्धको मुर्ती, ताराको मुर्ती र बौद्ध साहित्यका पुस्तकहरु समेत छोरी संगै दाइजोमा दिए । जव तिब्वतको राजाको आखा ति मुर्ती मा परे र बौद्ध साहित्य अध्यन गरे तव सदाको लागी उन्को भए अर्थात बुद्धिष्ट भए र जव राजाले धर्म स्विकार गरे र हेर्दा हेर्दै सम्पुर्ण तिब्तव ‘बद्ध शरणं गच्छामी, धम्मं शरणं गच्छामी’ भयो ।

कोरियाको राजा जापान संग खुब डराउने अत उस्ले सन्धी प्रस्तावको रुपमा एक दुतलाइ भगवान बुद्धको विग्रह, पुजा पद्धती, र उन्को कथाहरु जापानको राजालाई पठाए र केही दिन भित्रै यस प्रकार कोरियावाट बुद्ध धर्म जापान पुग्यो ।
मार्क्स, लेनिन माओ पनि त्यसरी नै प्रचारित भएका हुन् त्यसरी नै यिनिहरुको अनुनायी भएका हुन ।
नेपाली कांग्रेसमा नेतृत्व लिएर बसेकाहरुले केन्द्रीय समितिका पदाधिकारीहरले यि माथिका कुरा यि माथिका उदाहरण लाई मजाक, ठ्ट्टा को रुपमा न लिउन ।
वि पी को विचार दर्शन त्यसै पनि जिवित छन् प्राण प्रतिष्ठित छन् यस्मा शंका नगर्नुस संसय नगर्नुस र वि पी लाइ विपी को तस्विर पुस्तक घर घरमा पुर्याउनुस् अनि हेर्नुस नेपाल वि पी मय हुन्छ कांग्रेस मय हुन्छ चार तारा मय हुन्छ ।

लेखकको सम्पर्क :  ९८४२०२३४३५

विराटनगर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 894

प्रतिक्रिया (०)