Aamsanchar

मेचीनगर नगरपालिका प्रमुख उपप्रमुखसहितको टोलीद्वारा सिद्धिनहरको अनुगमन

Author Image
शुक्रवार, पौष २३, २०७८

 मेचीनगर । झापाको मेचीनगर ‐बाहुनडाँगी  क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धिनहरको निर्माण कार्य आर्थिक अभावका कारण पूर्ण हुन सकेको छैन् । अहिलेसम्म नेपाल सरकारको ४४ करोड रुपैयाँ खर्च भइसकेको र अब ५० करोड रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको सिद्धिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।

इलामाको रोङ–६ स्थित सिद्धि खोलामा मुहान रहेको यो नहर २२ किलोमिटर लामो छ । शाखा, प्रशाखा उपशाखागरी कुल नहर ५५ किलो मिटर लामो छ । जसमा १२ किलोमिटर पहाडको भिरपाखाबाट ल्याइएको र नहर सञ्चालनका लागि सरकारले करोडौँ रुपैयाँ खर्च गरिसकेको छ ।

जम्मा ५५ किलो मिटर नहरमध्ये २२ किमी लामो र पक्की छ भने यसबाट बाहुनडाँगी क्षेत्रमा करिब एकहजार सातसय हेक्टर जग्गा सिँचाइ भइरहेको बताईएको छ । २२ किलो मिटर मुख्य नहरको काम सम्पन्न भएको छ भने, बाकी सहायक नहरको काम फाट्टफूट्टरुपमा भइरहेको अध्यक्ष तिवारीको भनाई छ । संघीय सरकारको जिम्मामा रहेको यो नहर अहिले १ नम्बर प्रदेश सरकारको जिम्मामा छ ।

बेलाब बेला पहिरोका कारण समस्या आउने गरेको र पहिरोले नहर बगाएको बखत बाहुनडाँगी क्षेत्रको कृषियोग्य जमिनमा सिंचाई अभाव हुने गरेको अध्यक्ष तिवारीको भनाई छ । पहिरोका कारण नहरमा करोडौंको क्षति हुने गरेको छ । यसैबीच, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती ,सिद्धि खोला सिंचाई जल उपभोक्ता समितिका पदाधिकारीहरु सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

सिद्धि खोला सिंचाई जल उपभोक्ता समितिको अनुरोधमा नगरप्रमुख उपप्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरेको अध्यक्ष तिवारीले जानकारी दिनभुयो । मेचीनगर–१ को दलदले रमिते खण्डमा वर्षाका कारण कमजोर बनेको नहरमा पहिरो गएको अध्यक्ष तिवारीले टोलीलाई जानकारी गराउनुभएको थियो । पहिरोले करिब २५ मिटर नहर बगाएको एक सय मिटर नहर भत्किएको टोलीलाई अध्यक्ष तिवारीले जानकारी गराउनुभयो । तर, अहिले आर्थिक अभावका कारण त्यसको मर्मत तथा सम्भार गर्न नसकिएको गुनासो नगरप्रमुख उपप्रमुख समक्ष अध्यक्ष तिवारीले व्यक्त गर्नुभयो ।

पहिरोले भत्काएको नहरको अनुगमन पश्चात स्थानीय सरकारले नहर निर्माणमा सहयोग गर्ने नगरप्रमुख तथा उपप्रमुखले बताउनु भएको उहाँले जानकारी दिनुभयो । अवलोकनका क्रममा नगरप्रमुख आचार्यले लामो समय र धन खर्चेर बनाइएको यो नहरको रेखदेख एवम् सुरक्षामा स्थानीय किसानको भूमिका अग्रणी हुने बताउँदैं स्थानीय सरकारले गर्नुपर्ने साथ सहयोग सधै रहने विश्वास दिलाउनुभयो । झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनतालाई राहत मिल्ने नगरप्रमुख आचार्यको भनाई छ ।

नहर सञ्चालन गर्न सक्ने अवस्था नभए मेचीनगरको उत्तरीक्षेत्र साविक बाहुनडाँगी क्षेत्र बाँझै हुने खतरा हुने भएकाले त्यसतर्फ सवैले बेलैमा सोच्नुपर्ने उपप्रमुख उप्रेतीको भनाई छ । मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीका ६ हजार कृषकले सिँचाइ गर्दै आएको सिद्धि खोला सिँचाइ नहर पूर्णरुपमा व्यवस्थित ढंगमा सञ्चालन न गर्न नसक्दा यसक्षेत्रका कृषक समस्यामा पर्ने भन्दैं यस विषयमा स्थानीय सरकार गम्भीर बन्ने बताउनुभयो । नहर सञ्चालनमा लापरबाही कसैले पनि गर्न नहुने, आवश्यकता अनुसार नहर चलाउनुपर्ने, नहरमा वेलावेला मर्मत तथा सम्भार गर्नुपर्ने र क्यानलको उचित रेखदेख गर्न समेत उपप्रमुख उप्रेतीले जोड दिनुभयो ।

बेला बेला वर्षासँगैको पहिरोले इलामस्थित रोङ–६ को रमिते–थलथलेमा नहरको क्यानलको भाग बगाएका कारण पानी चाहिने समयमा खेत बाँझै हुने सम्भावना बढेको उपभोक्ता संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो ।सबै बालीलाई उपयुक्त ढङ्गले सिँचाइ सुविधा पुगिरहेको सो नहरमा नियमित पानी आउने कारणले यस क्षेत्रका किसानमा छिट्टै आर्थिक परिवर्तन आउने र किसान समृद्ध हुने विश्वास जागेको स्थानीय उपभोक्ताहरु बताउँछन् । बर्खामा भन्दा पनि हिउँदमा सिँचाइको अवश्यकता पर्ने उनीहरुको भनाई छ। नहुँदा मेचीनगर–१, २, ३ र ४ का खेतीयोग्य जमिनलाई यो नहरले निक्कै राहत पुगेको छ । ०६२ देखि निर्माण सुरु भएको यो सिद्धि खोला सिँचाइ आयोजना ०७४ बाट मात्र सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 429

प्रतिक्रिया (०)