Aamsanchar

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन

Author Image
शुक्रवार, पौष ३०, २०७८

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कटेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कटेल सगरमाथा टेलिभिजन, राजधानी दैनिक र उद्घोष दैनिकसँग पनि आवद्ध छन् । जिल्ला अधिवेशनले निवर्तमान कार्यसमितिका उपाध्यक्ष कटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनिषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिएका छन् । सह–सचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ माया राउत तथा कोषाध्यक्षमा रविन्द्र रणपहेली चयन भएका छन् ।

समितिको सदस्यहरुमा विनु चेम्जोङ्ग, सन्तोष सुवेदी, विश्वजित देउजा, गोमा ढुंगाना, प्रेमा सुब्बा, अनिता राई, कल्पना तामाङ्ग, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कटेल निर्वाचित भएका छन् । अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरु जिल्ला कार्य समितिको बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष कटेलले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर