Aamsanchar

कनकाई नगरपालिकाले ठड्यायो पृथ्वीनारायणको शालिक

Author Image
शनिवार, फागुन ७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस पारेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेको छ ।

नगरले राष्ट्रिय एकताका प्रतिक तथा राष्ट्रि निर्माता पृथ्वीनारायण शाहको एउटै ढुङ्गाबाट बनेको ७ फिट ५ इन्च अग्लो शालिक शनिवार (आज) अनावरण गरेको हो ।

शाहको शालिकको अनावरण प्रदेश नं. १ का पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि हिरा थापाले गरेका हुन् । ११ लाख ५० हजार रुपैयाँ लागतको शालिक स्थानीय मुर्तिकार तथा कनकाई नगरपालिका–३ का हिम्मत नेम्वाङले ५ लाख रुपैयाँमा प्रदान गरेको जनाइएको छ । मुक्तिकार नेम्वाङको श्रमदान बापतको ५ लाख रुपैयाँ मात्र नगरले उपलब्ध गराएको नगरले जनाएको छ ।

मुर्तिकार नेम्वाङलाई सम्मानसमेत गरिएको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेको समेत उपस्थिति रहेको थियो । कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपमेयर मञ्जु प्रसाईले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाली कांग्रेस कनकाई नगर उपसभापति सूर्यकुमार थापा, नेकपा एमाले नगर अध्यक्ष खड्ग प्रसाई, कनकाई ३ का वडा अध्यक्ष रुद्र चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विष्णुप्रसाद ओली, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य भिम अधिकारी, संविधानसभा सदस्य अम्विका राजवंशी, सुकेडाँगी सामुदायिक बनकी अध्यक्ष शान्ता उपाध्यलगायतले पृथ्वीनारायण शाहको विषयमा चर्चासमेत गरेका थिए ।

कार्यक्रमको सञ्चालन कनकाई वडा नं. ४ का वडाअध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 994

प्रतिक्रिया (०)

सम्बन्धित खबर