Aamsanchar

चुनाव पछि डोमालाल राजवंशी रंगशाला बनाउछु : ओली

Author Image
शनिवार, फागुन २१, २०७८

बिर्तामोड ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि डामोलाल राजवंशी रंगशाला बनाइदिने घोषणा गरेका छन् । उनले राजवंशी परिवारले दिएको जग्गामा उनीहरुकै नाममा रंगशाला बनाइने घोषणा गरेका हुन् ।

शनिवारदेखि शुरु भएको पाँचौं झापा गोल्डकपको उद्घाटन गर्दै उनले केहि जग्गा फिर्ता ल्याउन बाँकी रहेको र त्यसलाई पनि छिट्टै फिर्ता ल्याइने बताए । अध्यक्ष ओलीले भने, सजिलोसँग जग्गा फिर्ता ल्याउन नसके कानुनी प्रक्रियाबाट फिर्ता ल्याइनेछ, ढुक्क हुनुहोस् । जग्गादाता परिवारलाई धन्यवाद दिदैं ओलीले रंगशाला डोमालाल राजवंशीकै नाममा बनाइदिने घोषणा गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन् । ‘खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ’, उनले भने, खेलकुदको विकासका लागि सबै पार्टी, सबै संघसंस्था र सरोकारवालालाई लाग्न म आग्रह गर्छु ।’

खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उल्लेख गरेका छन् । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागि परेको र लागिपर्ने धारणा राखेका छन् । झापा गोल्ड कपको सफताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीलाई इमान्दार भएर खेल्न आग्रह गरे । उनले भने, ‘खेलमा दक्षता प्रयोग गर्नुहोस्, कपट होइन, दक्षताबाटै खेल जित्न म आग्रह गर्छु ।’ आफ्नो पार्टी नेकपा ९एमाले०ले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 442

प्रतिक्रिया (०)

सम्बन्धित खबर