Aamsanchar

युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने बेलायतकाे तयारी

Author Image
बिहिवार, चैत १०, २०७८

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणाको तयारी गर्नुभएको छ ।

ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरुको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्ने बीबीसीले जनाएको छ । यसअघि बेलायतले झन्डै चार हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ ।

नेटोको आपत्कालीन बैठक तथा जी–सेभेन शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन ब्रसेल्स पुगेको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर