Aamsanchar

इटहरीमा क्रिकेट मैदान मासेर पार्क बनाउन सुरु

Author Image
मङ्गलवार, चैत १५, २०७८


सुनसरी । इटहरी उपहानगरपालिकाले क्रिकेट मैदान मासेर पार्क बनाउन सुरु गरेपछि सुनसरीका क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरुले उपमहानगरपालिको काम प्रति आपती जनाएका छन् ।

विगतमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता  ‘यु –१९ राष्ट्रिय प्रतियोगिता’ समेत सम्पन्न भईसकेको इटहरीमा रहेको जनता क्रिकेट मैदानलाई पार्कको स्वरूप दिन लागिएकोमा क्रिकेट खेलाडीहरुले आपत्ती जनाएका हुन् ।

मैदानको अगाडी  पार्कको बोर्ड लगाइएको छ । विभिन्न कामकार्य अगाडि बढिसकेको अवस्था छ ।

सुनसरी जिल्लाका खेल प्रेमी र क्रिकेट खेलाडीहरुले नगरपालिकोको मैदान मोसेर पार्क वनाउने निर्णय प्रति असहमती जनाउदै क्रिकेट मैदानलाई मैदानकै रुपमा व्यस्थित गर्न पार्क नवनाउन नगरपालिका समक्ष आग्रह गरेका छन् । खेलाडी र खेलप्रेमीहरु भन्छन ‘हामीसँग अहिलेको अवस्थामा जिल्लाभरीमा एउटा मात्र क्रिकेट खेल्न योग्य मैदान रहेको थियो । इटहरी उपमहानगरपालिकाले सम्पूर्ण सुनसरीका क्रिकेट खेलाडीबाट यो मैदान खोसेको छ । जुन खेलाडी र क्रिकेट प्रेमीहरूको लागि पूर्णतया अनुचित हो । कि त हामीलाई नयाँ क्रिकेट मैदान दिनुहोस् । नयाँ मैदान दिन सकिदैन भने मैदानलाई मास्ने काम नगरियोस् ।’

इटहरीमा धेरै पार्क, रिसोर्टहरू छन् खेलाडीहरूले खेल्न र उनीहरूको सपना पूरा गर्न क्रिकेट मैदान महत्त्वपूर्ण रहने भन्दै असुन्तुष्ट पक्षले उपमहानगरपालिका समक्ष मैदानलाई यथावत रुपमा राखिदिन माग राखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर