Aamsanchar

महालक्ष्मीमा बन झाँक्री पार्क उद्घाटन

Author Image
बुधवार, चैत २३, २०७८

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको बन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको आइतवार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले बन झाँक्रीको स्तम्भलाई ओढाइएको पर्दा उघारेर पार्क उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री राईले महालक्ष्मीको पर्यटन प्रवद्र्धनका लागि पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राईले बहुबर्षीय परियोजनाबाट पार्क बनेको भन्दै अब यसले पर्यटकहरुलाई आकर्षित गर्ने धारणा राखे ।

महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय सिमितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पूर्व प्रतिनिधिको तर्फबाट अग्नीप्रशाद पौडेल, महालक्ष्मीका उप–प्रमुख मञ्जुकुमारी अधिकारी लगायतले बन झाँक्री पार्कले महालक्ष्मीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

महालक्ष्मीको झाँक्री डाँडामा २ करोड ८३ लाख ७९ हजारको लागतमा बन झाँक्री पार्क निर्माण गरिएको हो । महालक्ष्मीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउँने उद्धेश्यले पार्क बनाइएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । ‘हामीले चुनावका बेला बन झाँक्री पार्क बनाउँने प्रतिवद्धता गरेका थियौं, घोषणापत्रमा पनि लेखेका थियौं,’ नगर प्रमुख नेपालले भने, ‘महालक्ष्मीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन प्रवद्र्धन गर्न पार्क बनाएका हौं ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 575

प्रतिक्रिया (०)

सम्बन्धित खबर