Aamsanchar

गणेशप्रसादको रैतीको इतिहास लोकार्पण, दुई करोडको अक्षयकोष स्थापना

Author Image
बिहिवार, वैशाख ८, २०७९

कनकाई । झापा स्थित तत्कालिन सुरुंगा गाउँ पञ्चायतको चार पटक प्रधानपञ्च चलाएका, पञ्च भएर पनि जनप्रिय बन्न सफल, कनकाई नगरपालिका दुर्गापुरका गणेशप्रसाद पोखरेलको मरणोप्रान्त रैतीको इतिहास नामक पुस्तक लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रममै  गणेशप्रसाद पोखरेल स्मृति प्रतिष्ठान पनि स्थापना गरिएको छ ।

कनकाई नगरपालिकामा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको प्रतिष्ठानमा परिवारको तर्फबाट दुई करोड रुपैंया अक्षयकोष घोषणा गरिएको छ ।

आज दुर्गापुर स्थित एक समारोहका बिच पुस्तकको लोकार्पण झापाली साहित्य क्षेत्रका अगुवा कार्यक्रमका प्रमुख अतिथि चुडामणी रेग्मीले गर्नु भएको छ । लोकार्पण कार्यमा अतिथिहरु कोमलप्रसाद पोखरेल, पुष्पराज पोखरेल, चन्द्रप्रसाद मैनाली, जनार्दन उप्रेती, प्रेमप्रकाश फलाहरी, एकराज गिरी, विरही अधिकारी, खगेन्द्र खुशी, नवल किशोर दत्त, हिराप्रसाद पोखरेललगायतले पनि साथ दिएका थिए ।

कृष्ण अविरलको लेखन तथा सम्पादन रहेको रैतीको इतिहासलाई अजम्बरी पव्लिकेशनले प्रकाश गरेको हो ।

पौरखी पोखरेल–वंशप्रति चासो राख्नेहरुमा, अनि पोखरेल–वंशका सन्ततिहरुमा, जसले पुर्खाको गौरवशाली इतिहास थाहा पाउन जरुरी छ भनेर समर्पण गरिएको पुस्तक ३३५ पृष्ठको रहेको छ ।

पुस्तकमा ४५ वटा विषयबस्तुहरु समावेस गरिएको छ । जसमा महाराजाबाट न्याय भएन, नाबालक छँदै मुद्धाका झमेला, काठमाडौं यात्राको रहर, दाजुमाथी राजकाज मुद्धा, यसरी जितेँ मुद्धा, पुख्यौँली जरो पहिल्याउदा जस्ता विषयहरु समेटिएको छ । पुस्तकको मुल्य ५ सय रुपैंया राखिएको छ । पुस्तकको विक्रीबाट आएको रकम जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा पुस्तकालय बनाउने काममा उपयोग गरिने छोरा दिनेशकुमार पोखरलेलले जानकारी दिनु भयो ।

जेष्ठ पुत्र राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रमा छोरी अप्सरा पोखरेलले पुस्तक प्रकाश गर्नुको औतित्यमाथी प्रकास पार्नु भएको थियो ।

कार्यक्रममा स्वागत छोरा निर्माण पोखरेलले गरेका थिए । पुस्तकको समिक्षा साहित्यकार कोमलप्रसाद पोखरेलले गर्नुभएको थियो । कार्यक्रमको संचालन डा. पुण्यप्रसाद सिग्देलले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 630

प्रतिक्रिया (०)

सम्बन्धित खबर