Aamsanchar

कनकाईमा आठ–आठ जना मेयर उपमेयरसहित २०४ जनाको उम्मेद्वारी

Author Image
मङ्गलवार, वैशाख १३, २०७९

कनकाई । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि झापाको कनकाईमा २ सय चार जनाको उम्मेद्वारी मनोनयन भएको छ ।
कनकाईका निर्वाचन अधिकृत दिपक कोईरालाका अनुसार मेयर पदकालागि ८ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराउदा उपमेयर पदकालागि पनि ८ जनाकै उम्मेद्वारी मनोनयन भएको जानकारी दिनुभयो । उम्मेद्वारी चयनमा दलहरु विच सहमति नजुटेका कारण प्रमुख पदहरुमा नै स्वतन्त्र उम्मेद्वारका रुपमा मनोनयन दर्ता भएपछि कनकाई नगरको निर्वाचनको माहोल तातिने भएको छ।

कनकाईमा मेयर पदकालागि एमालेका तर्फबाट निवर्तमान मेयर राजेन्द्र पोखरेलले उम्मेद्वारी मनोनयन गराउनु भएको छ । त्यस्तै नेपाली कांग्रेसबाट कनकाई ३ का निवर्तमान वडाअध्यक्ष समेत रहनु भएका रुद्रप्रसाद चिमरीयाले मेयर पदकालागि उम्मेद्वारी मनोनयन गराउनु भएको छ। कांग्रेस तर्फकै मेयरको आकांक्षी बन्नु भएका शेरबहादुर थापाले पार्टीको टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारका रुपमा उम्मेद्वारी मनोनयन गराएको बताइएको छ । थापालाई माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाको साथ रहने बुझिएको छ ।

त्यस्तै एमाले तर्फ मेयरका आकांक्षी बन्नु भएका श्याम सुन्दर ओलीले पार्टीबाट टिकट प्राप्त गर्न नसकेपछि उहा पनि राप्रपामा प्रवेश गरे लगत्तै सोही पार्टीबाट मेयर पदको उम्मेद्वार बन्न पुग्नु भएको छ। त्यस्तै विवेकशिल साझा पार्टीका तर्फबाट मेयर पदकालागि भिमप्रसाद अधिकारी, संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चका तर्फबाट बसन्त लिम्बू, मौलिक जरो किलो पार्टीबाट टंका उप्रेती र स्वतन्त्रका रुपमा कनकाई २निवासी देवीप्रसाद उप्रेतीले उम्मेद्वारी मनोनयन गराएको कनकाईस्थित निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपमेयर पदकालागि एमालेका तर्फबाट निवर्तमान उपमेयर मन्जु प्रसाई, नेपाली कांग्रेसबाट आशा शिवाकोटी, राप्रपाबाट सचित्रा खनाल, संघीय लोकतान्त्रीक मंचबाट गीता चेम्जोङ, उन्नत लोकतान्त्रीक पार्टीबाट विन्दीया बराइली, विवेकशिल साझा पार्टीबाट अम्बिका चापागाई, नेकपा एकिकृत समाजवादी पार्टीबाट अम्बिका महत उप्रेती, मौलिक जरो किलोबाट शान्ता दहालले उपमेयर पदमा उम्मेद्वारी मनोनयन गरेको बताइएको छ ।
कनकाईमा रहेका नौ वटा वडाबाट वडाअध्यक्षमा ४३ जनाले उम्मेद्वार मनोनयन गराएका छन् । वडासदस्यमा ७७, महिला सदस्यमा ३७ र दलित महिला सदस्यमा ३१ जनाको मनोनयन भएको छ ।
कनकाई नगरपालिकास्थित निर्वाचन कार्यालयमा भएको उम्मेद्वार मनोनयनका क्रममा केही राजनीतिक दलहरु विचमा हुने भनिएको गठबन्धन तोडिएको बताइएको छ । राजनीतिक दलहरुले आआफ्नो पार्टीका तर्फबाट उम्मेद्वारी मनोयन गरेका छन् । उम्मेद्वार चयनमा राजनीतिक दलहरु विच सहमति नजुटेपछि गठबन्धनमा ब्रेक लागेको स्थानीय राजनीतिक दलका नेताहरुले आरोप समेत लगाएका छ्न।

जसअनुसार वडाअध्यक्षकालागि कनकाईको वडा नं.१ मा एमालेका तर्फबाट शुसिल पोखरेल, नेपाली कांग्रेसबाट सुर्यकुमार थापा, राप्रपाबाट विष्णुप्रसाद ओली, माओवादी केन्द्रबाट खगमाया चापागाईँले उम्मेद्वारी मनोनयन गराएका छन् । वडा नं।२ मा अध्यक्ष पदकालागि एमालेबाट बलराम राई, नेपाली कांग्रेसबाट अर्जुनकुमार राई, राप्रपाबाट सुरेन्द्र अधिकारी, माओवादी केन्द्रबाट मेघनाथ पाठक र स्वतन्त्र उम्मेद्वारका रुपमा परशुराम गिरीले उम्मेद्वारी मनोनयन गराएको निर्वाचन अधिकृत कोईरालाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर