Aamsanchar

आम युवाको नेतृत्व गर्न तयार छु : सिग्देल

Author Image
मङ्गलवार, वैशाख १३, २०७९

राजनीति प्रती युवाको बिकर्सण बढिरहेको बेला कतिपय मानिसको उपस्थितिले आशा जगाउछ । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा उमेदवार हरुको चर्चा परिचर्चा चुलिदै गएको छ । झापा सदैब राजनितिको केन्द्र भागमा रहने गर्दछ । त्यसमा पनि बिर्तामोड झापाको राजनितिको राजधानी हो । र, त्यो नगरको नेतृत्व गर्न तम्तयार भएर उभिएका नामहरुले कुन वर्गको प्रतिनिधित्व गर्छन ? यो प्रश्न आम रुपमा उठ्ने गर्द्छ ।
यहि सन्दर्भमा आमसंचारले चुनावी चर्चा को शिखरमा रहेका एकजना उप प्रमुखका उमेदवारलाई सोधेको थियो। तपाईं अरु उमेदवार भन्दा के अर्थमा फरक हुनुहुन्छ ?
यो प्रश्नको उत्तर दिदै नेकपा एकीकृत समाजवादीको तर्फबाट बिर्तामोड नगर पालिकामा उप प्रमुखको टिकट पाउनु भएका तीर्थ सिग्देल भन्नुहुन्छ, युवा बर्गले परिवर्तन चाहन्छ । म त्यो चाह पूरा गर्छु।
अब पुरानो सोचले नगरको विकास सम्भब छैन, सिग्देल भन्नुहुन्छ, मैले यो नगरलाई नजिकबाट नियालेको छु। मैले नगर पालिकाको आन्तरिक तौरतरिका र काम गर्ने शैली राम्रोसँग बुजेको छु। तसर्थ म आम युवाको भावनाअनुरूप काम गर्न सक्छु।
उहाँ भन्नुहुन्छ, अहिले पनि नगर पालिकालाई जन उत्तरदायी र जनमतको कदर गर्ने थलो बनाउन सकिएको छैन । त्यसका लागि नयाँ सोच अगाडि सार्ने ब्यक्ति चाहिन्छ ।
खासमा जनताको पहिलो सरकार भनेको पालिका हो । तर नेतृत्वबर्गमा त्यो भावना देखिदैन, सिग्देलको अनुभव छ, परिवर्तन मुखले भनेर मात्र हुदैन । आट र हिम्मत गर्नु पर्छ ।
सिग्देलको उम्मेद्बारीले तलाउमा ढुङा फयालेझै भएको छ । उहाँको उम्मेद्बारीले युवाहरूलाई आशावादी बनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 642

प्रतिक्रिया (०)