Aamsanchar

सुरुङगा जेसीजले यसरी मनायो माता औंसी

Author Image
शनिवार, वैशाख १७, २०७९

सुरुङ्गा । सुरुङगा जेसीजले यो वर्षको माता औशिको अवसरमा कनकाई नगर भरि रहनु भएका अति विपन्न तथा मजदुर १७ जना माताहरुलाई लत्ताकपडा एवम् खाध्य सामाग्री उपलब्ध गराई माताऔशि पर्व मनाएको छ। सुरुङ्गा जेसिजले हरेक चाड्पर्वहरुलाई विभिन्न तरिकाले मनाउदै आएको छ। गएको २ वर्ष कोरोनाका कारण नमनाईएका यस्ता चाड्पर्व अहिले कोरोना धेरै कम भए सगै स्वास्थ्य मापदण्ड पालना गरि माताऔशि पर्व मनाएको कार्यक्रम संयोगजक विवेक शिवाकोटीले जानकारी दिनुभयो ।

सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सविधानसभा सदस्य अम्विका राजवशिको प्रमुख आतिथ्यता रहेकोे थियोे ।कार्यक्रममा प्रमुख अतिथि राजवशिले पछिल्लो समय महिलाहरुले नेतृत्व समालेका यस्ता सघ ( सस्थाहरुले गरेको कार्यलाई सबैले एउटा सिकाईको रूपमा लिदै हामीसबैले माता पिताहरुको सम्मान गर्न सके मात्रै भोलि हामीहरुले पनि यसरी नै आफ्ना सन्ततिबाट सम्मान पाईने धारणा राख्नु भएको थियोे ।

कार्यक्रममा अध्यक्ष न्यौपानेले सम्मानित हुनुहुने माताहरुको अवस्था देख्दा साच्चै नै आज उहाँहरुलाई सम्मान गर्न पाउदा सिग्गो सुरुङगा जेसीज परिवारमा नै खुशीको सिमा नै नरहेको धारणा राख्नु भयो।ूअध्यक्ष न्यौपानेले भन्नुभयो उहाँहरुको ‘बिहान उठ्ने बित्तिकै आमाको त्यो हसिलो अनुहार देख्न पाइयो भने मात्र पनि दिन भरी राम्रो साहित पर्ने गर्छ त्यसैले त आमा लाई ज्युदो भगवान को रुपमा मान्ने गरिन्छ ।’जेसीज हलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न वडाका अति विपन्न , एवम् मजदुर१४ जना माताहरुलाई जेसीजहलमा नै लगाउने कपडा देखि ओढ्ने पछेउरा सम्म उपलब्ध गराएको साथै आफैले बनाए मिठा परिकारहरु खुवाएको सुरुङगा जेसीज वर्ष २०२२ का उपाध्यक्ष रोहित कोईरालाले जानकारी दिनुभयो ।

कार्यक्रम स्थलमा उपस्थित हुन नसक्नु भएका ४ जना माताहरुलाई भने उहाँहरुको घर घरमा नै पुगेर सम्मान गरेको जनाएको छ।
सुरुङगा जेसीजले यस अघि पनि सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको हो । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

यस अघि सुरुङ्गा जेसीजले कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण, विपन्न नागरिकलाई न्यानो कपडा वितरण ,अति विपन्न वर्गहरुका लागि ब्ल्याङकेट वितरण गरिएको छ । जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ ।
जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिए । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै सुरुङ्गा जेसीजले विभिन्न सामाजिक कामलाई तिब्रता दिइरहेको छ ।

जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

गएको वर्ष कोरोनाले विश्व नै आक्रान्त भएपछि यस्ता भिडभाड जन्य कार्यक्रम माथि सरकारले बन्द नै गरेको थियोे । तर यो वर्ष भने कोरोना महामारी कम भए सगै सरकारले पनि सबै छेत्रमा प्रतिबन्ध फुकुवा गरे पछि स्वास्थ्य मापदण्डको पालना गर्दै पर्वहरु मनाउदै आईएको छ।
कार्यक्रममा नेपाल रेड्क्रश सोसाइटी उप शाखा सुरुङ्गाका नि वर्तमान सभापति प्रबिन तिमल्सिना, सहकार्य युवा क्लबका नि वर्तमान अध्यक्ष राज कुमार कटेल , टिकाराम भन्डारी ९ सुदिप० विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालान महासचिव राजु पाठकले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१