Aamsanchar

राष्ट्रपति गोटाबायद्वारा श्रीलङ्कामा फेरि आपत्काल घोषणा

Author Image
शनिवार, वैशाख २४, २०७९

श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले आपत्काल घोषणा गर्नुभएको हो ।

श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बीबीसीले जनाएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कटलाई लिएर राष्ट्रपतिको राजीनामा माग गरी देशव्यापी प्रदर्शन हुँदै आएको छ । त्यहाँ लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको अभाव चर्किएको छ ।

श्रीलङ्काको जनसङ्ख्या २ करोड २० लाख रहेको छ । यसअघि प्रदर्शन सुरु भए लगत्तै गएको अप्रिल एक अर्थात चैत १८ गतेदेखि आपत्काल घोषणा गरिएको थियो । पाँच अप्रिलमा आपत्काल फिर्ता भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 443

प्रतिक्रिया (०)

सम्बन्धित खबर