Aamsanchar

क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा गर्भवती महिलासहित १८ जनाको मृत्यु

Author Image
शनिवार, वैशाख २४, २०७९

काठमाडौं – क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि भएकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको हो ।

ग्यास चुहावटको कारण विस्फोट भएको जनाइएकाे छ । दुर्घटनाका कारण भवन पूरै भत्किएको र भग्नावशेष मात्र बाँकी रहेका छन । साे होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको छ । भग्नावशेषमा फसेका मानिसहरूको उद्दार गरिएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर