Aamsanchar

काँग्रेसको पक्षमा नतिजा आउँछ : महामन्त्री शर्मा

Author Image
शनिवार, वैशाख ३१, २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काग्रेसको पक्षमा मत आउने बताएका छन् । । शर्माले हिजो आफ्नो गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका थिए। शर्माले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भएको र काँग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताए ।

यसैबीच मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको इन्द्र बुढाथोकी उम्मेदवार रहेका छन् । ९एमाले०बाट नगरप्रमुख पदमा गोपालचन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ ।

मेचीनगरमा ९० हजार २०२ मतदाता छन् । ती मध्येमा ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन् ।
निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिए । तीमध्ये एमालेको तर्फबाट एक दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । मेचीनगरमा ३५ मतदानस्थल र १०२ मतदान केन्द्र रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर