Aamsanchar

आईपीएलको अन्तिम लिग खेलमा उक्लियो राजस्थान

Author Image
शनिवार, जेठ ७, २०७९

अन्तिम ओभरमा रविचन्द्रन आश्विनको द्रुत ४० रनले राजस्थान रोयल्सलाई आईपीएलको अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सलाई हराएर अंक तालिकामा दोस्रो स्थानमा आउन मद्दत गर्‍यो। योसँगै लखनउ अब तेस्रो नम्बरमा आएको छ र उसले क्वालिफायरको सट्टा एलिमिनेटर खेल खेल्नुपर्नेछ ।

मोइन अलीको ९३ र कप्तान धोनीको २६ रनको सहयोगमा चेन्नईले टस जितेर पहिले ब्याटिङ गर्दै १५० रन बनाएको थियो । जवाफमा राजस्थानले यशस्वी जैसवालको ५९ र रविचन्द्रन आश्विनको अविजित ४० रनको मद्दतमा चेन्नईलाई दुई बल बाँकी रहँदा पाँच विकेटले पराजित गर्‍यो। अश्विनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै अविजित ४० रन बनाए ।

अहिले राजस्थान र लखनउको अंक तालिकामा समान १८ अंक छ । तर राजस्थानको नेट रन रेट ९०।२९८० लखनउ ९०।२५१० को तुलनामा राम्रो छ। यस आधारमा टोली अंक तालिकामा गुजरातपछि दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर