Aamsanchar

‘हारलाई स्वीकार गर्दा मानसिक रोग र आत्महत्या कम हुन्छ’

Author Image
शनिवार, जेठ ७, २०७९

समाज भित्र विभिन्न किसिमका समूह हुन्छन् र समूहभित्र विभिन्न सोचाई भएको व्यक्ति हुन्छन् । कोही व्यक्तिहरु आफ्नो वास्तविकता स्वीकार गर्न चाहँदैनन्, या खोज्दैनन् । मानव मनोविज्ञानमा यसलाई डिनायलिजम भनिन्छ। डिनायलिजम भनेको वास्तविकतालाई अस्वीकार गर्ने व्यक्तिले अप्ठ्यारो सत्यलाई हटाउनको लागि रचेको मनोवैज्ञानिक उपस्थित हो।
कहिलेकाँही जीवनमा हामी विभिन्न किसिमको परिस्थितिमा गुज्रीरहेका हुन्छौं । जुन हामी परिवर्तन गर्न सक्दैनौं । तै पनि हामी आफ्नो समस्यालाई लुकाएर वास्तविकता भन्दा पर बसेर आफ्नो कमजोरीलाई लुकाउन प्रयत्न गरिहाल्छौं । कट्टरपन्थी स्वीकृति जहाँ हाम्रो अविवेक लुकेको हुन्छ त्यहाँ सजिलै रुपमा हामी अनुमोदन गर्न गाह्रो महसुस गर्छौं । कट्टरपन्थी स्वीकृति भन्नाले हामी आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिमा आफ्नो वास्तविकतालाई पूर्ण रूपमा स्वीकार्नु हो । तर, यसरी सहज रुपमा अनुमोदन गर्न हामी किन कठिन् महसुस गर्छौं त रु

के हामी आफ्नो गल्ति, कमजोरी के–को आधारमा स्वीकार गर्छौं रु या स्वीकार गर्दैनौं रु भन्ने कुरामा धेरै आनुसन्धान र खोज भइरहेको छ। मानवजातिको एउटा खासियत चै के देखिन्छ भने हामी आफ्नो राम्रो पक्ष मात्र आगाडि देखाउँदछौं । यानीकी हामी आफूलाई सँधै आफू सत्य र साँचो देखाउँछौं । वास्तविकता हामी आफूमै लुकेको हुन्छ र अरुको मूल्यांकनले हामीलाई कमजोर देखाउँछ भने हामी ढाक–छोक गर्दै आफ्नो कमजोरी र गल्ति लुकाउन पछि पनि पर्दैनौं । हामीले जस्तो महसुस गर्छौ तै सत्य र सहि मानेको हुन्छौं । त्यसको मतलब यो हैन कि हामी आफ्नो कुरा सहज रुपमा स्वीकार गरिहाल्छौं । यसको मतलब यो पनि होइन कि हामी आफ्नो परिस्थितिलाई सजिलै रुपमा अनुमोदन गर्दछौं ।

उदाहरण को लागि, एक विद्यार्थीले परीक्षाको राम्रो तयारी गरेका थिए । अनि उनले परीक्षामा राम्रो प्रदर्शन गरे । तर परिणाम उनको कल्पना विपरीत आयो । उनले सोचे अनुसार जाँचको नतिजा राम्रो आएन। अब त्यसो भए ऊ कसरी परीक्षाको परिणाम स्वीकार गर्छ रु मलाई लाग्छ कि यो स्थितिमा परिणाम स्वीकार गर्न गाह्रो हुन्छ । यस्तो किसिमको परिस्थिति सबैको लागि एक समान छ, सबै ठाउँमा ।

आफ्नो परिस्थिति, विचार, भावना आफूसँगै हुन्छ। र अरुलाई आफूभित्र लुकेका तरङ्गको क्रियाको प्रतिबिम्ब बुझाउन कठिन पनि हुन्छ। यसो भन्दै गर्दा हामी आफ्नो वास्तविकता कतै लुकाई रहेको हुदैनौं रु बुझ्न कठिन हुन्छ र समस्याको समाधान गर्न त्यतिकै कठिन । तर, यो त्यो हो, त्यो यो हो भनेर स्वीकार गरेर हामीले आफ्नो समस्यालाई कम गर्न पनि त सक्छौं। यसो गर्नाले हामी आफ्नो समस्याभन्दा अगाडि रही निष्कर्ष तिर लम्कन सक्छौं ।

तथ्यहरु
अनुसन्धान कर्ता र विज्ञहरुको अनुसार, कट्टरपन्थी स्वीकृतिको अभ्यास गर्दा हमीभित्र भएको लाज, दोष, र चिन्ता कम गर्न सकिन्छ।
अनुसन्धान कर्ता र विज्ञहरुको अनुसार आफूभित्र रहेको कुण्ठा, निराशा, हारलाई स्वीकार गर्दा मानसिक रोग र आत्महत्याको समस्या पनि कम गर्न सकिन्छ।
अनुसन्धान कर्ता र विज्ञहरुको अनुसार आफ्नो परिस्थिति स्वीकार गर्दा हाम्रो कष्टहरु कम हुन्छ र नकारात्मक विचारको बिउ पलाउने ठाउँ कम हुँदै जान्छ।
किन हामी कहिलेकाँही वा हरेक पटक वास्तविकता स्वीकार्न सक्दैनौं रु
किन कि यसले वास्तविक समयमा भइरहेको भावलाई प्रत्यक्ष बनाउँछ । यसले हाम्रो मूल्यमान्यता परिवर्तन गर्दछ जसमा हाम्रो जीवन अधिकांश हिस्सा भर परेको हुन्छ । यसले हामीलाई चोट पुर्याउँछ र हामीलाई असहज बनाउँछ। यद्यपि यो छोटो समयावधिको लागि हो, तर हामी चोट पाउन स्वीकार गर्न सक्दैनौं ।

हामी हाम्रो वास्तविकतालाई स्वीकार नगर्नुको सम्पूर्ण कारण यही हो र हामी हाम्रो जीवन आफ्नै विश्वास, कल्पनामा जीवन निर्वाह गरिरहेको हुन्छौं । व्यक्ति प्रायः आफ्नो सोच र विचारलाई छोटो अवधिका अनुभवहरूमा केन्द्रित गर्दछन् । अनि मूल्यांकन चाहिं लामो अवधिका नकारात्मक अनुभवलाई जोडेर गर्दछन् । उनीहरू सोच्दछन् कि यदि यो परिस्थितिले अहिल्यै उनीहरूलाई चोट पुर्यायो भने, उनीहरूलाई सँधै त्यही परिस्थिति को सम्झनाले दुःख दिइरहने छ । जुन धेरै तरिकामा भ्रामक छ । यसले तिनीहरूलाई मान्छेहरूको न्याय गर्न, गलत निर्णय गर्न, र कहिलेकाँही आत्महत्या गर्न पनि पुर्‍याउँछ । अझ महत्त्वपूर्ण कुरा, किन मानिसहरूले वास्तविकतालाई स्वीकार गर्दैनन् के यो तिनीहरूको डरको कारणले हो । तिनीहरू सोच्दछन् कि यदि उनीहरूले परिस्थितिलाई स्वीकार गरे भने, यसले उनीहरूलाई मूर्खको रूपमा प्रतिनिधित्व गर्दछ । जहाँसम्म उनीहरू बुझ्छन् कि तिनीहरू गलत छन्, तिनीहरूको डरले तिनीहरूलाई यो स्वीकार्न दिँदैन, जुन वास्तविकता स्वीकार्नु र केही समयको लागि मूर्ख जस्तो देखिनु भन्दा बढी मूर्ख व्यवहार हो।

स्वीकार गर्नु वा स्वीकृति के हो र यसलाई हाम्रो जीवनमा कसरी ल्याउने :
अधिकांश व्यक्तिहरूले स्वीकार गर्नु वा स्वीकृति भन्नाले, आफ्नो वास्तविकता स्वीकार्नु हो भनेर सम्झन्छन् जुन सम्बन्धित व्यक्तिको पक्षमा हुन पनि सक्छ नहुन पनि सक्छ । जीवनमा अगाडि बढ्न हामीले हाम्रो वास्तविकतालाई स्वीकार गर्नु पर्छ ।

वास्तविकतालाई स्वीकार गर्ने सफल सुझावहरू ?
आफ्नो वास्तविकता विरुद्ध लड्दै गर्दा अतयन्तै खयाल गर्नुपर्ने हुन्छ :
सर्वप्रथम वास्तविकता स्वीकार गर्नु नै आफूभित्र जागरूकता प्राप्त गर्नु हो । जसले आफूभित्र भएको असहजतालाई कम गर्न मद्दत पुर्याउँदछ । हामी आफूभित्र धेरै प्रश्न उत्तर गरिरहेको हुन्छौं जुन समाधान गर्न निकै कठिन् भैरहेको हुन्छ । उच्च नैतिकस्तरको व्यवहार देखाउने क्रममा आफ्नो मर्यादा र भुलहरु बिर्सने गरिन्छ त्यसले आफूलाई नकारात्मक प्रभाव परेको हुन्छ। कहिले काँही व्यावहारिक परामर्शको खाँचो अत्यन्तै हुन्छ र बेलाबेला सल्लाह र परामर्श व्यवहारिक व्यक्तिसँग लिनु पर्ने हुन्छ।

बितिसकेको कुराहरु हामी परिवर्तन गर्न सक्दैनौ भनेर आफैंलाई सम्झाउनु पर्छ । आगडि बितिसकेको कुराहरु हामी परिवर्तन गर्न सक्दैनौं त्यही भएर यो विचारलाई स्वीकार्नु पर्दछ । जस्तो पहिलेका दिन थिए त्यस्तो हुबहु अहिले हुन सक्दैनन्। यति विचार पुर्याउन सक्यौं भने हामीलाई वास्तविकतासँग जोडिन सहज हुन्छ। यो कार्य चुनौतीपूर्ण र गाह्रो हुन सक्छ, तर हामी नियन्त्रण गर्न सक्यौं भने हामी हाम्रो उर्जा अन्य समस्याको समाधान तिर लान सक्षम हुन्छौं ।

आफ्नो सकारात्मक भावनालाई बलियो बनाउँदै नकारात्मक भावना पन्छाउने बानी गर्ने :
हाम्रो सोचाईको कुनै सिमा हुँदैन हामी सुतेको बेला पनि हाम्रो दिमाग आफ्नो काम सक्रिय रुपमा गरिरहेको हुन्छ । तसर्थ हाम्रो भावना कहिले काँही नियन्त्रणमा हुँदैनन् । भावना दैनिकीको काम अनि सोचाई आँशु सरह डुलि रहेको हुन्छ । कहिलेकाँही हामी सानो सानो कुरामा रिसाउने गर्दछौं । कुनै बेला सानो कुरामा पनि खुसी हुन्छौं । यो व्यक्तिमा हुने अभिव्यक्ति हो । हाम्रो आफ्नो भावना सकारात्मक र बलियो बनाउन हाम्रो दैनिकीमा संलग्न भएका समय विचार गर्नाले पनि एउटा मुख्य भूमिका खेल्ने गर्छ । यही हाम्रो नकारात्मक भावना स्वीकार गरियो र यसले आफ्नो व्यवहारलाई असर गरिरहेको छ भनेर स्वीकार गरियो भने हाम्रो नकारात्मक प्रतिकिया आगाडि रोक्न सफल हुन्छौं । जब हामी हाम्रो भावनाहरू स्वीकार गर्छौं । आफैंले तिनीहरूलाई कुनै निर्णय बिना अनुभव गर्न सक्छौं भने यसरी नै हामी आफ्नो सकारात्मक भावनालाई बलियो बनाउँछौ।

नाटक गर्नुहोस् कि हामी यथार्थलाई स्वीकार गर्छौं :
हामी अझै वास्तविकतालाई पूर्ण रूपमा स्वीकार गर्न संघर्ष गर्दैछौं भने हामी हाम्रो सोचलाई एकछिन तटस्थ रुपमा एकीकृत गरौं । यसो गर्दा हामीले फेरी एकचोटी राम्रोसंग सोच्ने समय पाउने छौं । हाम्रो तितो अनुभबलाई यदि हामी केवल एउटा विचार जसरी स्वीकार गर्यौं भने एक पछि अर्को प्रतिक्रिया के हुन्छ रु हामी हाम्रो व्यवहार र कार्यहरु परिवर्तन गर्दै बहाना मात्र प्रतिबिम्बित गर्यौं भने हामी हाम्रो विचारलाई बदल्न सक्छौ।

आफ्नो शरीरको ध्यान दिन आराम गर्ने :
यदि हामी तनावग्रस्त छौं वा आफ्नो अवस्थाको वास्तविकता विरुद्ध धकेल्दै छौं भने, त्यहाँ हाम्रो शरीर पनि तनावग्रस्त नै हुन्छ । यो प्रायः प्रतिरोधको साथ सम्बन्धित हुन्छ र हाम्रो दिमागलाई उच्च सतर्कमा राख्दछ । हाम्रो शरीर आराम गर्नाले हाम्रो मांसपेशीलाई आराम मिल्छ र आनन्दको अनुभूति हुन्छ। यसो हुनाले हाम्रो सोच्ने शक्ति पनि वृद्धि हुन्छ । अनि हामी आफ्नो वास्तविकता के हो भनेर सोच्ने राम्रो समय निकाल्न सक्ने छौं । बेला बखत योग गर्नु पर्छ। योगले हाम्रो दिमाग र शरीर दुवैलाई फाइदा गर्दछ । हामीले व्यक्तिगत स्वच्छतामा धयान दिनुपर्छ । जस्तैः प्राय नुहाउने, सफा लुगा लाउने र वरिपरिका ठाउँ सफा राख्ने आदि । हामो सास फेर्ने प्रणाली पनि ख्याल गर्नुपर्छ। जस्तैः गहिरो सास फेर्ने र बिस्तारै छोड्ने । व्यायाम, वा आराम गर्न र कहिलेकाँही सम्पूर्ण शरीर मसाज गर्ने।

सामना गर्न सक्ने भनाइ वा व्यवहार प्रस्तुत गर्नेः
यी वाक्यहरू हुन् जसले हामीलाई सम्झाउँछन् कि विभिन्न, स्वस्थ सोच्ने तरिकाहरू सम्भव छ। यो वाक्यहरूलाई दोहोर्याउँदा हाम्रो गाह्रो क्षणहरू पत्ता लगाउन मद्दत गर्दछ। हामी केवल एक कुरामा ध्यान दिन सक्छौं वा हामी आफ्नै लामो सूची बनाउन सक्छौं। केही उदाहरणहरूः यो के हो जुन यो हो । पहिले नै भएको घटनालाई म परिवर्तन गर्न सक्दिन। म चीजहरू त्यसरी नै स्वीकार गर्न सक्छु। म केवल मेरो आफ्नै कार्य र प्रतिक्रियाहरू नियन्त्रण गर्न सक्छु। यदि यसले मद्दत गर्दछ भने, नोटमा आफ्नो कथनहरू लेख्नुहोस् र बेला बेलामा पल्टाएर पढ्नु।

हामीलाई स्मरण हुनुपर्छ हरेक स्वीकृति पूर्तिका लागि अभ्यास को खाँचो हुन्छः
कट्टरपन्थी स्वीकृति एक कठिन उपकरण हो जुन हामीले नियन्त्रण गर्न गाह्रो हुन सक्ने र कठिन परिस्थितिको खुलेर सामना गर्न मद्दत पुर्याउने प्रकट पनि हो । खुलेर अनुमोदन गर्नु आफ्नो बिचारलाई आफैंमा एउटा शुद्ध उदाहरण हो। तर सजिलै स्मरण आउन पहिला यसले केहि समय लिन सक्दछ। साना परिस्थितिहरूमा यो प्रयास गरेर सुरू गर्न कोसिस गर्नु पर्छ। जस्तैः जब तपाईं ट्राफिकमा अडिनुहुन्छ, तेतिबेला आफूले स्वीकार गर्न सक्नु पर्छ ट्राफिक सबैको लागि झ्याउ र समयको खेर हो । यसरी आफ्नो र अरुको समस्याको अनुभूति गर्दै सामना गर्नुपर्छ। दैनिक जसो कट्टरपन्थी स्वीकृति अभ्यास गर्दा समस्याको सामना गर्ने क्षमता वृद्धि हुँदै जान्छ। यी नै प्रक्रिया प्रयोग गर्न सजिलो हुनेछ । जब ठूला, गाह्रो चुनौतीहरूतपाईंको मार्गमा आउँदछन्। म आशा गर्दछु कि यो लेख सहयोगी छ। कृपया आफूलाई मन लागेको प्रश्न सोध्नु होला ।

लेखकः मनोविद् हुन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 679

प्रतिक्रिया (०)

सम्बन्धित खबर