Aamsanchar

अरु पनि बालेन जन्मनु पर्छ

Author Image
शनिवार, जेठ ७, २०७९

नेपाली राजनीतिमा परिवर्तनको संबाहक मानीने युवा शक्ति बर्तमान नेपाली राजनीतिमा आएर सक्रिय भएको देखीनछ । वडा देखी पालिकासम्म को चुनावमा दलिय तथा स्वतन्त्र लगायतका विचार बोकेका युवाको हस्तक्षेपकारी भूमिका देखीनुले युवाहरूको परिवर्तन प्रतिको जिम्मेवारी केही हदसम्म पूरा हुने सम्भावना बढेको छ ।

नेपालको समग्र राजनीतिक आन्दोलन नै क्रान्तिको चरणमा गतिशील, नवीन र जनमुखी हुने तर व्यवस्थापन र निर्माणको चरणमा पुगेपछि यथास्थितिले घेराबन्दी गर्ने प्रवृत्ति देखियो । तर यसलाइ चिर्दै काठमाडौँ महानगरपालिकामा स्वतन्त्र रुपमा मेयर पदको उम्मेदवारी दिएका बालेन साहले नेपालका प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई पछि पार्दै ठुलो मतान्तरले विजय उन्मुख बनिरहेका छन् ।

यस पटकको स्थानीय तह निर्वाचनमा बालेन साहको चर्चा परिचर्चाले राजनीतिक दलका उम्मेदवारहरुको हावा टाइट गरिदिएको छ । पाँच दलिय गठबन्धनकी उम्मेदवार सिर्जना सिंह तथा नेकपा एमाले का हक्की उम्मेदावार केशब स्थापीतलाई ठुलो मतान्तरले पछि पार्दै लौरो छापको आकर्षणलाई व्यापक बनाएको छ ।

काँधमा जिम्मेवारी बोकेर हिंडेको कालो कोट, जिन्स पाइन्ट, आखाँमा कालो चश्मा, गालामा दारी अनि झट्ट हेर्दा हिरो जस्तो देखिने ३२ वर्षीया ठिटो ऱ्यापर बालेन शाह । काठमाडौँ महानगरपालिकाको स्वतन्त्र मेयर पदको उमेदवारी दिइका लक्का जवान इन्जिनियर हुन् बालेन शाह ।

पेशाले इन्जिनियर र ऱ्यापर हुन् बालेन । ऱ्यापर भन्ना साथ एउटा सीमित सोच र धारणा पालेका जमातलाई ऱ्यापमार्फत पनि विसंगतिका पाटाहरूको बारेमा जनमानसलाई चेतना पस्कन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् बालेनले । वास्तवमा ऱ्यापरको परिभाषा फेरिदिन सफल भएका छन् बालेन । नेपाली राजनीतिले नयाँ अनुहार, संलग्नता र उपस्थिति खोजिरहेको अहिलेको अवस्थामा उदाएका बालेन शाहको चर्चा शहर, बजार, गल्ली र चोकचोकमा छ ।

राष्ट्रले परिवर्तन मागेको बेला त्यो परिपुर्ति गर्न युवा पुस्ता पनि राजनितिमा होमिनु पर्ने अवस्था आएको बेला विकास गर्छु भनी बालेन शाह अगी सर्नु एकदम साहसिक कार्य हो । बिगतका चुनावका छनोटको परिणामहरु प्रायः आम जनताका लागि निराशाजनक नै रहेको छ । सुन्दर सफा हुनुपर्ने काठमाडौं सहर आज फोहोरको डङ्गुरमा परिणत भएको छ ।

न्युनतम पूर्वाधारको अभाव र चरम अव्यवस्था छ । यस्तो अवस्थामा राजधानी शहरको बागडोर सम्हाल्न एक काबिल युवाको हैसियतले तपाईंले आफ्नो उम्मेदवारी पेश गर्नु भएको छ । आफैँमा तपाई ईन्जिनियर भएको हुदा काठमाडौं सहरको गुमेको गौरव फर्काउन सकिने तपाईंको आत्मविश्वासको सबैले कदर गरेका छन् ।

काठमाडौंमा मेयर बन्ने आकाङ्क्षीहरूको जमातमा सम्भवतः बालेनको जति चर्चा, चासो र ‘भाइरल’ अरू कोही भएको छैन होला । आम तप्कादेखि उच्च तहसम्म देखिएको बालेनको क्रेज र वाहवाही साँच्चै लोभलाग्दो छ ।

असल नेता नभएसम्म देश सुध्रदैन भन्ने बालेनको विचार जती मन पराइयो त्यति नै बालेनको काठमाडौँको संस्कार संष्कृती र सम्पदामाथि राखेको विचारले सबैको मन जितेको छ । यो लेख तयार गर्दासम्म बालेन मतगणनामा पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा भएकासँग उनको अन्तर लगभग डबल मतान्तर जतिको छ । उनको हार या जित भविष्यको जिम्मामा छ । तर, ‘र्‍यापर बालेन’को पक्षमा देखिएको आकर्षणले एकातिर काठमाडौंको रैथाने संरचनामा आएको परिवर्तनको संकेत दिन्छ भने अर्कातिर राजनीतिक दलहरूप्रति आमजनताको आकर्षणमा आएको ह्रासलाई पनि संकेत गर्छ ।

बालेन साहहरुले यति मौका र वाहवाही पाइरहँदा अबको जनताको रोजाईमा प्रमुख राजनीतिक दलहरु नभई स्वतन्त्र रुपमा जनताको मन मष्तिस्कमा बस्ने उम्मेद्वार पर्ने निश्चित देखिन्छ । यसर्थ यदि अझै जनभावना बुझेनौ भने दलीय गुट, सेन्डिकेट र घेराभन्दा माथि उठेर आफूलाई परिस्कृत गरेनौ भने हरेक ठाउँ बालेनहरु जन्मनेछन् जनताले ‘लौरो’ रोज्नेछन् जनताले विद्रोह खोज्नेछन् ।

लेखक मैनाली बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
Views: 1068

प्रतिक्रिया (०)

सम्बन्धित खबर