Aamsanchar

चाँदीको चम्चाले चलाउँदैमा विषालु च्याउ कालो हुदैन : डा.अधिकारी

Author Image
शुक्रवार, जेठ १३, २०७९

काठमाडौं । बर्खा ऋतुमा धेरै च्याउहरू उम्रिन्छन् । च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । तर, विषालु च्याउन खानाले मानिसको ज्यान समेत जानसक्छ । नबुझी, नसोधी, नजानी जंगली च्याउ नखान विज्ञको सुझाव छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का सचिव एवं वरिष्ठ च्याउविज्ञ डा। महेशकुमार अधिकारीका अनुसार नेपालमा करिब ३०० प्रजातिका च्याउ भेटिएका छन् । तीमध्ये १४७ प्रजातिका च्याउ खान हुनेछन् । १०० प्रजातिका च्याउ विषालु छन् । ७५ प्रजातिका औषधि उपयोगी च्याउ छन् । अरू प्रयोगका लागि केही प्रजातिका च्याउ छन् ।

विषालु च्याउ छुट्ट्याउने धेरै आधार नभएको उनको भनाइ छ । “अहिलेसम्म वैज्ञानिकहरूले हेरेरबाहेक अरू कुनै किसिमले विषालु च्याउ छुट्ट्याउन सकेका छैनन्,” उनले भनेका छन् । आयुर्वेदमा पनि विषालु च्याउ छुट्ट्याउने विशेष विधि नभएको उनको भनाइ छ ।

नेपालमा अहिले विदेशबाट बीउहरू ल्याएर खेती गरिएका च्याउहरू भने ढुक्कसँग खान हुने उनले जानकारी दिए । त्यस्ता च्याउले असर नगर्ने उनले उल्लेख गरेका छन् । तर, जंगलबाट ल्याइने च्याउ भने नबुझी, नसोधी, नजानी नखान उनको सुझाव छ । त्यस्ता च्याउ खान हुनेरनहुनेबारे विज्ञसँग परामर्श लिनुपर्नेमा उनले जोड दिएका छन् ।

खान हुने र नहुने च्याउबारे भ्रम र यथार्थ
गाउँघरतिर चाँदीको चम्चाले चलाउँदा विषालु च्याउले कालो बनाउँछ भन्ने भ्रम छ । तर, कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदैमा कालो नहुने डा.अधिकारी बताउँछन् । त्यस्तो तरिकाले खान हुने र नहुने च्याउ नछुट्टिने उनले बताए ।

यस्तै, टिमुर हालेर पकाउँदा विषालु च्याउको विषादी नष्ट हुन्छ भन्ने भ्रम छ । डा. अधिकारीका अनुसार त्यसरी पकाउँदा विषादी नष्ट हुने नभई टर्रो मात्र हुने गर्छ । दूध आउने च्याउ कुनै खान हुने र कुनै खान नहुने भन्ने छ । तर, नचिनी दूध आउने च्याउ खान नहुने उनको सुझाव छ ।

गोबरमा उम्रिने सबै च्याउ पनि खान नहुने उनले बताएका छन् । उनका अनुसार गोबरमा उम्रिने च्याउ पनि धेरै विषालु हुन सक्छन् । यसैगरी, रुखमा उम्रिने च्याउहरू विषालु समेत भेटिएको उनले जानकारी दिए ।

“किरा–फट्यांग्राले खाएका च्याउहरू खान हुन्छ भन्छन् । तर, होइन । किरा–फट्यांग्राले खाएका च्याउहरू पनि खान हुँदैन । त्यो खानेबित्तिकै मानिस मर्न सक्छन्,” उनले भनेका छन् ।

चिप्लेकिराले खाएका च्याउहरू पनि नखान उनको सुझाव । उनका अनुसार चम्किलो रङ भएका च्याउहरू खाने हुने र नहुने दुवै किसिमका छन् । कत्ला भएका च्याउ खान हुन्छ भन्ने मान्यता भए पनि त्यस्ता खान नहुने च्याउ पनि धेरै भएको उनको भनाइ छ ।

यार्सागुम्बा पनि च्याउ नै हो । उक्त प्रजातिको च्याउ खाँदा शरीरलाई कुनै असर नगर्ने उनले बताए । श्रोत : १२खरी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर