Aamsanchar

गाउँमा कालोपत्रे, स्थानियलाई विस्कुन सुकाउन सजिलो

Author Image
बुधवार, असार १, २०७९

बिर्तामोड । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका स्थित कामाटोली पूर्वको गाउँमा मंगलबार कालोपत्रे सडकमा जतात्यतै मकै सुकाई राखिएको पाईएको थियो । स्थानिय सरकारले टोल टोलमा कालोपत्रे सडक बनाई दिएको छ, सो ठाउँका बासिन्दाले भने सडक ढाक्नेगरी विस्कुन सुकाई दिने गरेका छन् ।

सडक भनेको सार्वजनिक हो तर त्याहाँका शाखा सडकहरुमा सवारी आवगनमै असहज हुनेगरी स्थानियले मकै, थान, पाटा लगायतका कृषिजन्य बस्तुहरु सुकाउने र राख्ने गरिदिनाले कालोपत्रे सडकको औचित्यमाथी नै प्रश्न उठेको छ ।

कतिपय ठाउँका पशुहरुलाई सडकमै बाधने गरिएको छ । त्यसरी पशु बाधिदिने गर्नाले सवारी दुर्घटनाको जोखिम पनि उच्च रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
4
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर