Aamsanchar

देशको स्वाधिनता रक्षा र जनताको शान्ति–सुरक्षा नै सशस्त्र प्रहरीको निस्वार्थ लक्ष्यः डिआईजी कमल गिरी

Author Image
सोमवार, असार ६, २०७९

दमक। सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी मुख्यालयका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरीले परिवर्तित सुरक्षा चुनौतिहरु अनुरुप आफ्नो व्यवसायिक दक्षता समेत परिष्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा सम्पन्न सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्वोधन गर्दै डिआईजी गिरीले भविष्यमा आइपर्न सक्ने जुनसुकै किसिमका सुरक्षा चुनौतीहरुलाई सामना गरी देशको स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्दै जनतामा शान्ति, सुरक्षा तथा अमन–चयनको अनुभूति दिलाउन सक्नु नै हाम्रो निर्दिष्ट र निस्वार्थ लक्ष्य हुनुपर्ने बताए ।

‘परिवर्तनशील संसारमा समयक्रमको परिवर्तन संगै सुरक्षाका चुनौतीहरु समेत परिवर्तन हुदै जाने भएकाले हिजोको जस्तो अवस्था आज छैन’– सि.सं.२३४ (ग) र (घ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दिक्षान्त–समारोहका प्रमुख अतिथि गिरीले भने–‘हिजो जस्तो सुरक्षा व्यवस्था अपनाउँदा आजको अवस्थामा पर्याप्त नहुन सक्छ र भोलि अझ जटिल सुरक्षा चुनौतिहरुको सामना गर्नुपर्ने हुन सक्दछ ।’

दिक्षित सिपाहीलाई शुभकामना दिदैं गिरीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर कार्य क्षेत्रमा परिचालित हुन निर्देशन दिदैं भने–‘तालिममा सिकेका ज्ञान, सीप, कला र कौशलहरुको उचित प्रयोग गर्दै निस्वार्थ रुपमा तपार्इंका हरेक पाईलाहरु जनसेवामा नै केन्द्रित गर्नुहुनेछ भन्ने राष्ट्र तथा संगठनले अपेक्षा गरेको छ ।’

सशस्त्र प्रहरीले मुलुक र मुलुकवासीको हितमा उल्लेखनीय काम गरिरहेको उनले बताए । सशस्त्र प्रहरी संगठनको योगदानको चर्चा गर्दै उनले भने–‘मुलुकको स्वाधिनता र सार्वभौमिकताको रक्षार्थ अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि अहोरात्र खटिरहेको सशस्त्र प्रहरी बल, नेपालले आतंककारी गतिविधि नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, औद्योगिक तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, हुल तथा दंगा व्यवस्थापन, निर्वाचन सुरक्षा, भन्सार तथा राजश्व चुहावट नियन्त्रण, भी.आई.पी. एवं भी.भी.आई.पी.सुरक्षा जस्ता क्षेत्रहरुमा उल्लेखनीय कार्य गर्दै आईरहेको छ ।’

बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरीले उक्त समारोहमा सम्वोधनसहित दिएको शुभकामना तथा निर्देशन मन्तब्य यस्तो छ–

जीवनको उर्जाशिल समयलाई राष्ट्र सेवामा समर्पित गर्ने उत्प्रेरणाका साथ सशस्त्र प्रहरी बल, नेपालको नयाँ सदस्यको रुपमा आज दिक्षित हुन लाग्नु भएका सम्पूर्ण प्रशिक्षार्थी जवानहरुलाई यस गरिमामय सुरक्षा संगठनमा हार्दिक स्वागत गर्दै, मुलुक र मुलुकवासीको सेवाका निमित्त आफ्ना सन्ततीहरुलाई सशस्त्र प्रहरी बल, नेपालमा आवद्ध हुन हौसला प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावकहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह बाहिनी मुख्यालयको बाहिनिपतिको हैसियतले सिंगो संगठनको तर्फबाट हार्दिक धन्यवाद दिंदै र तपाईहरुप्रति गौरव एवं सम्मान व्यक्त गर्दछु ।

स्थापनाको २१ औँ वसन्तमा पाईला चालिरहँदा सशस्त्र प्रहरी बल, नेपालले स्थापनाकालदेखि नै मुलुकमा देखा परेका अनेकन सुरक्षा चुनौतीहरुलाई कुशलताका साथ सामना र व्यवस्थापन गर्दै आईरहेको कुरा सर्वविदितै छ । स्थापनाको यो छोटो समयमा अलग पहिचान र गर्विलो सुरक्षा ईतिहास कायम राख्दै सशस्त्र प्रहरी बल, नेपालले राज्यबाट प्रदत्त कार्यादेशहरुलाई शिरोपर गर्दै, मुलुकको सुरक्षा मेरुदण्डको रुपमा भूमिका निर्वाह गर्दै आईरहेको छ ।

२०७२ सालको विनाशकारी महाभुकम्प एवं कोभिड–१९ को महामारीले मुलुकमा निम्तिएको महासंकटको घडिमा पीडित जनताहरुको दुःखमा सशस्त्र प्रहरी बल, नेपाल हरदम नागरिकहरुको महत्वपूर्ण सारथीको रुपमा खडा भएको कुरा पनि हामी सबैलाई अवगत भएकै विषय हो ।

मुलुकको स्वाधिनता र सार्वभौमिकताको रक्षार्थ अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि अहोरात्र खटिरहेको सशस्त्र प्रहरी बल, नेपालले आतंककारी गतिविधि नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, औद्योगिक तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, हुल तथा दंगा व्यवस्थापन, निर्वाचन सुरक्षा, भन्सार तथा राजश्व चुहावट नियन्त्रण, भी.आई.पी. एवं भी.भी.आई.पी.सुरक्षा जस्ता क्षेत्रहरुमा उल्लेखनीय कार्य गर्दै आईरहेको छ ।

आधारभूत तालिम फौजी जीवनको जग हो । साधारण नागरिक जीवनबाट फौजी जीवनशैली र संस्कारमा नव प्रवेशीहरुलाई रुपान्तरण गरी सामुहिक भावनाको विकास, आपसी तालमेल तथा व्यवसायिक दक्षता युक्त सुरक्षाकर्मी निर्माण गर्नु नै आधारभूत तालिमको मुख्य उद्देश्य रहेको हुन्छ । तसर्थ एउटा व्यावसायिक दक्षताले भरिपूर्ण सुरक्षाकर्मीमा अपरिहार्य रुपमा हुनुपर्ने अनुशासन, शारीरिक तन्दुरुस्ति, आज्ञाकारिता, सहनशीलता, धैर्यता, नेतृत्व गर्ने क्षमता, मनोबल र सामुहिक भावना जस्ता गुणहरु तपाई प्रशिक्षार्थीहरु भित्र अन्तर्निहित गर्न यस आधारभूत तालिम पूर्ण रुपमा सफल भएको छ भन्ने मैले विश्वास लिएको छु । जुन दक्षता तपाईहरुले भर्खरै मात्र प्रदर्शन गर्नु भएको उत्कृट कवाजमा समेत झल्किसकेको मैले अनुभूति गरेको छु ।

सशस्त्र प्रहरी बल, नेपालमा आवद्ध भई करिव ८ महिनाको आधारभूत तालिम पश्चात आज तपाईं सम्पूर्ण प्रशिक्षार्थीहरु दक्ष एवं व्यवसायिक सशस्त्र प्रहरी जवानको रुपमा कार्यक्षेत्र प्रवेश गर्दै हुनुहुन्छ । कार्यक्षेत्रमा खटि सकेपछि तपाईहरुले देश र जनतालाई केन्द्रविन्दुमा राखेर कार्य क्षेत्रमा परिचालित रहदा तालिममा सिकेका ज्ञान, सीप, कला र कौशलहरुको उचित प्रयोग गर्दै निस्वार्थ रुपमा तपार्इंका हरेक पाईलाहरु जनसेवामा नै केन्द्रित गर्नुहुनेछ भन्ने राष्ट्र तथा संगठनले अपेक्षा गरेको छ ।

परिवर्तनशील संसारमा समयक्रमको परिवर्तन संगै सुरक्षाका चुनौतीहरु समेत परिवर्तन हुदै जाने भएकाले हिजोको जस्तो अवस्था आज छैन भने हिजो जस्तो सुरक्षा व्यवस्था अपनाउँदा आजको अवस्थामा पर्याप्त नहुन सक्छ र भोलि अझ जटिल सुरक्षा चुनौतिहरुको सामना गर्नुपर्ने हुन सक्दछ । तसर्थ परिवर्तित सुरक्षा चुनौतिहरु अनुरुप आफ्नो व्यवसायिक दक्षता समेत परिष्कृत गर्दै भविष्यमा आइपर्न सक्ने जुनसुकै किसिमका सुरक्षा चुनौतीहरुलाई सामना गरी देशको स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्दै जनतामा शान्ति, सुरक्षा तथा अमन–चयनको अनुभूति दिलाउन सक्नु नै हाम्रो निर्दिष्ट र निस्वार्थ लक्ष्य हुनुपर्दछ ।

म यस अवसरमा सशस्त्र प्रहरी बल, नेपालको एक कर्तब्यनिष्ठ सिपाहीको रुपमा देश र जनताको सुरक्षाका खातिर मन, वचन र कर्मले समर्पित भई उच्च हौसला र उत्प्रेरणाका साथ कार्य गर्न उपस्थित सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरु तथा आज दिक्षित भई कार्यक्षेत्र जान लाग्नु भएका प्रशिक्षार्थी जवानहरुलाई निर्देशन समेत दिन चाहन्छु ।

स्थापनाको छोटो अवधिमा नै गौरवमय सुरक्षा ईतिहाँस रच्न सफल यस पवित्र सुरक्षा संगठनको सदस्य बन्न जुन अवसर तपाईंहरुले पाउनु भएको छ, त्यसलाई जागिर मात्र नभई, राष्ट्र र संगठनको प्रतिष्ठा उच्च राख्ने महान् अवसर एवं उपलब्धिको रुपमा लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

कुनैपनि सुरक्षा संगठनको जग भनेकै कर्तव्य परायण सिपाहीहरु नै हुन् । म यस अवसरमा, मुलुक र मुलुकवासीको सेवाका निमित्त प्राणोत्सर्ग गरेका ती महान अमर सशस्त्र प्रहरी शहिदहरुलाई विषेश स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धा–सुमन तथा परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु साथै कर्तव्य पालनाको सिलसिलामा घाईते तथा अपाङ्ग हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उहाँहरुले देखाएको मार्गलाई सदैव पछ्याउने प्रण हामी सवै सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुमा सदैव अविछिन्न रहोस् भनि शुभेच्छासमेत व्यक्त गर्दछु ।

म यस सुखद् अवसरमा, आफ्ना सन्ततिहरुलाई सशस्त्र प्रहरी बल, नेपालमा आवद्ध गराई राष्ट्र सेवामा समर्पण गर्ने महान निर्णय लिनुहुने आदरणीय अभिभावकहरुमा विशेष धन्यवाद र आभार व्यक्त गर्दछु ।

हिजोसम्म तपाईहरुको काखमा खेलिरहेका सन्ततीहरु, आजदेखि सशस्त्र प्रहरी बल, नेपालको आँगनमा रमाउदै राष्ट्रसेवाको खातिर समर्पण, त्याग र तपस्या गर्ने महान सत्कर्ममा जोडिएका छन् । यस महान् कार्यमा त्याग र समर्पणको फूल फुलाउने अठोटका साथ राष्ट्रसेवामा आवद्ध भएका यी कोपिलाहरुलाई फुल्ने, फैलने र फक्रने वातावरण प्रदान गर्दै यहाँहरुको प्रतिष्ठालाई अझ शिखरमा पुर्याउन सशस्त्र प्रहरी बल, नेपाल सदैव तत्पर रहने प्रतिवद्धता समेत आदरणीय अभिभावकहरु समक्ष राख्दछु ।

यस सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा सम्पन्न हुन गैरहेको सि.सं. द्दघद्ध (ग) र (घ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहमा मलाई प्रमुख अथितिको रुपमा उपस्थित भई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरुलाई विधिवत रुपमा दिक्षित गर्ने अवसर प्रदान गर्नु भएकोमा संगठन प्रमुख श्रीमान सशस्त्र प्रहरी महानिरिक्षकज्यू एवं मजकुर सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, मानवश्रोत विभागप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

यसैगरी, तालिमलाई सफलतापूर्वक सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै यस भव्य दिक्षान्त समारोहको आयोजना गर्नुहुने सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान शिक्षालयका समादेशक एवं शिक्षालय परिवार तथा यस आधारभूत तालिममा प्रशिक्षकको रुपमा अहोरात्र खटिई दक्ष मानवश्रोत उत्पादन र विकासका लागि अमूल्य योगदान पुर्याउनुहुने प्रमुख प्रशिक्षकसहित सवै प्रशिक्षक वर्गलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछु ।

अत्यन्तः कठिन एवं लामो समायावधिको आधारभूत तालिम सफलता पूर्वक सम्पन्न गरी आज दिक्षित हुनु भएका सम्पूर्ण सशस्त्र प्रहरी जवानहरुमा हार्दिक बधाई दिदै यहाँहरुको उज्वल भविष्यको कामना सहित कार्य क्षेत्रमा पूर्ण सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर