Aamsanchar

मृत्यु संस्कारका लागि झापा गाउँपालिकाले छुट्यायो ३७ लाख

Author Image
शुक्रवार, असार १०, २०७९

शरणामती । झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागी ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँको कुल बजेट प्रस्तुत गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अन्जुदेबी थपलियाले गाउँपालिकाले प्रत्येक वर्ष मृत्यु संस्कारमा दिदै आएको सहायता रकम आगामी आर्थिक वर्षका लागि बढाएर प्रतिपरिवार १५ हजार बनाएको बताइन । यसका लागी कुल ३७ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताइन । गाउँपालिकाले चालु आर्थिक वर्षमा मृत्यु सहायता रकम प्रतिपरिवार १० हजार दिदै आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)

सम्बन्धित खबर