Aamsanchar

पूर्व सम्झौता अनुसार प्रदेशको नाम नराखिए लिम्बूवानले विद्रोह गर्छ : अध्यक्ष पालुङवा

Author Image
शनिवार, असार ११, २०७९

बिर्तामोड । प्रदेश १ को नामाकरणको बिषय चर्चामा आएसँगै संघीय लिम्बूवान पार्टी नेपालले विगतका सन्धिसम्झौता तथा ऐतिहासिकताका आधारमा नाकाकरण गर्नुपर्ने माग राखेको छ । । पार्टीले शनिबार बिर्तामोडमा पत्रकार भुटघाट कार्यक्रम आयोजना गरेर संखुवाखोला–अरुणनदी–सप्तकोशी पूर्वको भूभागलाई लिम्बूवान नामाकरण गरिनुपर्ने माग राखेको हो ।

पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङवाले विक्रम सम्बत १८३१ श्रावण २२ गते भएको नुनपानी तसली लालमोहर सन्धिमा नेपालको मानचित्रमा लिम्बुावन सह–राज्य कायम भएको इतिहासलाई बिर्सन नहुने बताए । उनले लिम्बूवानको हक अधिकार तथा स्वायत्तताको लागि राजनीतिक विद्रोह, आन्दोलन तथा सामाजिक–साँस्कृतिक अभियानहरु सञ्चालन हुँदै आएको बताए ।
२०६४ चैत्र ६ गते नेपाल सरकार र लिम्बूवानबिच लिम्बूवान स्वायत्त राज्य सुनिश्चित हुनेगरी पाँच बुँदे सहमति भएको बताउँदै उनले भने लिम्बूवानको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्र लगायतका आधारमा राज्यहरुको संवैधानिक व्यवस्था गरी संघीय शासन प्रणाली अवलम्बन गरिने सहमति भएको थियो । तर नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी लगायतका दलहरुले संघीयताको भावना र मर्मलाई कुल्चँदै लिम्बूवान स्वायत्त राज्य बिनाको ७ प्रदेशसहितको नेपालको संविधान २०७२ जारी भएको भन्दै पालुङ्वाले आक्रोश पोखे । पालुङ्वाले आफूहरु संविधान खोरजीको पक्षमा नभई संसोधनको पक्षमा रहेको बताए ।

 

उनले लिम्बूवान आन्दोलन कुनै जातीयताको आन्दोनल नभई पहिचान, अधिकार, भूमिमुक्ति र ऐतिहासिक सन्धिसम्र्झाताहरुको पृष्ठभूमिको आधारमा उठेको सम्पूर्ण लिम्बूवानबासीको जनताहरुको साझा राजनीतिक लँडाई भएको बताए । हजारौं लिम्बूवानीको रगत, पसिना र सहिदहरुको बलिदानीको भावना विपरित प्रदेश १ को नामाकरण गरिए ठूलो विद्रोह, राजनीतिक अस्थिरता र भविष्यमा महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

राजनीतिक दल, नेता तथा सांसदहरुलाई लिम्बूवान आन्दोलनको संवेदनशिताप्रति नजर अन्दाज नगर्न पार्टीका अध्यक्ष पालुङवाले विज्ञप्तिमार्फत चेतावनी दिएका हुन् । आफूहरुको माग पूरा नभए शान्तिपूर्ण हुँदै बलपूर्वक विरोधसम्मका कार्यक्रमहरु गरिने उनले बताए ।

कार्यक्रममा पार्टीका सर्वमान्य नेता वीर नेम्बाङ, उपाध्यक्षहरु भिम खत्री, निश्चलता लावती, मित्र लिङ्देन, महासचिव लासिम पालुङ्वा, कोषाध्यक्ष एलवी पालुङ्वा लगायत दर्जनबढी नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 436

प्रतिक्रिया (०)

सम्बन्धित खबर