Aamsanchar

मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनु पर्छ: मन्त्री कार्की

Author Image
सोमवार, असार १३, २०७९

विराटनगर। प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्नेमा जोड दिनुभएको छ । सोमबार विराटनगरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रम सहयोग कार्यढांचा (२०२३–०२७) को तर्जुमाका लागि प्रदेशस्तरीय परामर्श कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले मानवीय सन्तुष्टिलाई हेरेर योजना बनाउनुपर्ने बताउनुभयो । ‘काठमाण्डौंमा बस्ने मानिसको विकासप्रतिको आकांक्षा र विराटनगरमा बस्नेको विकासप्रतिको आकांक्षा फरक छ । उहाँले भन्नुभयो, कसैलाई विहान बेलुका कसरी हातमुख जोड्ने भन्ने छ त कसैलाई सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने छ । त्यस कारण हुँदा खानेलाई हुने खाने बनाउने र हुनेखानेको सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने योजनासाथ जानुपर्छ ।’

छलफल गोष्ठीले मात्रै लक्ष पुरा गर्न नसकिने उल्लेख गर्दै छलफलबाट निस्केको निष्कर्षलाई व्यवहारमा लागु गरेर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिनुभयो । ‘एउटा मात्र कुरालाई फोकस गरेर योजना बनायौँ भने त्यो सम्भव छैन । उहाँले भन्नुभयो, विभिन्न अध्ययन अनुसन्धानका साथ २०२३ देखी सुरु हुने संयुक्त राष्ट्रसङ्घीय दिगो विकास कार्यक्रमलाई फलदायी बनाउनुहोस् ।’
नेपालमा संयुक्त राष्ट्रसङ्घीय समन्वयका लागि अल्पकालीन र मध्यकालीन प्राथमिकतामाथि छलफल तथा परामर्श गरी रणनीतिक साझेदारीलाई थप सुदृढीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । परामर्श कार्यक्रममा सहभागीले सन २०२३ बाट सुरु हुने कार्यक्रममा भौतिक, आर्थिक, सामाजिक सबै क्षेत्र समेटेर दिगो विकाशको ढाँचा तयार पाइनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पूर्णकुमार लोक्सम, सदस्यहरू, मुख्यसचिव लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 522

प्रतिक्रिया (०)

सम्बन्धित खबर