Aamsanchar

अपर हेवाखोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

Author Image
मङ्गलवार, असार १४, २०७९

काठमाडौं : अपर हेवाखोला हाइड्रोपावरले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने छ। यो मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त सेयरमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।,d?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढेकाे बढ्यै
शुक्रवार, वैशाख ७, २०८१
आज बिदेशी मुद्राको बिनिमय दर
बुधवार, वैशाख ५, २०८१