Aamsanchar

सुनको मूल्य बढ्याे, चाँदीकाे घट्याे

Author Image
बुधवार, असार १५, २०७९

काठमाडौं –साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाँहि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार १५ रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर