Aamsanchar

नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा

Author Image
बिहिवार, असार १६, २०७९

इटहरी ।  नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा पुगेको छ । घरेलु टोलीसँगको सिरिजका लागि नेपाली टोली बुधबार क्यानडा पुगेको हो ।

स्थानीय नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) ले नेपाली टोली क्यानडा आईपुगेको जानकारी दिएको छ ।

नेपाली टोली सोमबार राति राती त्यसतर्फ प्रस्थान गरेको थियो। नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग भएको छ।

स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ भने तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर