Aamsanchar

भारतमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

Author Image
बुधवार, असार २२, २०७९


इंग्ल्यान्डले पाहुना टोली भारतमाथि पाँचौँ तथा अन्तिम टेस्टमा रोमाञ्चक ७ विकेटको जित निकालेको छ । जितसँगै इंग्ल्यान्डले सिरिज २–२ को बराबरी गरेको छ । भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट ड्र भएको थियो । त्यसपछि दोस्रोमा भारत तथा तेस्रो टेस्टमा इंग्ल्यान्ड विजयी भयो ।

भारतले चौथो टेस्टमा जित निकाली सिरिजमा २–१ को महत्वपूर्णअग्रता लियो । भारत सन् २००७ पछि इंग्ल्यान्डको भूमिमा जिततर्फ अग्रसर भएको थियो । भारतले जितका लागि इंग्ल्यान्डसमक्ष तीन सय ७८ रन दिएको थियो । इंग्ल्यान्डले ७६।४ ओभरमा तीन विकेट गुमाएर तीन सय ७८ रन जोड्यो ।

बर्मिघम मैदानमा इंग्ल्यान्डले टेस्ट इतिहासमा पहिलोपटक सर्वाधिक लक्ष्य पछ्याएको हो । यसअघि सन् २०१९ म इंग्ल्यान्डले अस्ट्रेलियाविरूद्ध तीन सय ५९ रनको लक्ष्य पूरा गरेको थियो । टेस्ट सिरिजमा इंग्ल्यान्डका जोए रुट म्यान अफ दी सिरिज भए । उनले सिरिजमा सर्वाधिक सात सय ३७ रन बनाउनुका साथै २ विकेट हात पारे । पाँचौँ टेस्टमा इंग्ल्यान्डका जोनी बेरिस्टाउ म्यान अफ दी सिरिज भए । उनले दुवै इनिङ्समा शतकीय योगदान दिएका थिए ।

इंग्ल्यान्डको ऐतिहासिक जितमा रुट र जोनीले शतकीय इनिङ्स खेलेका थिए । रुट र जोनीले ब्याटिङ गर्नुअघि इंग्ल्यान्ड १०९–३ को अवस्थामा थियो । दुवैले चौथो विकेटका लागि दुई सय ७५ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई महत्वपूर्णजित मात्र दिलाएनन्, टेस्ट सिरिजमा पराजित हुनबाट पनि जोगाए ।

रुटले एक सय ४२ तथा जोनीले एक सय १४ रनको योगदान दिए । रुटले एक सय ७३ बलमा १९ चौका र एक छक्का प्रहार गरे । जोनीले एक सय ४५ बलमा १५ चौका र एक छक्का प्रहार गरेका थिए । रुटको यो टेस्ट करिअरको २८औंँ शतक हो । २०२१ यता रुटको टेस्टमा ११औँ शतक हो । जोनीको टेस्ट करिअरको १२औँ शतक हो ।

जोनीले पहिलो इनिङ्समा एक सय ६ रनको शतकीय योगदान दिए । इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा एलेक्स लिस ५६ रन र ज्याक क्रली ४६ रन जोडेका थिए । लिस ६५ बलमा ८ चौका प्रहार गरे । दोस्रो इनिङ्समा भारत दुई सय ४५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले तीन सय ७८ रनको लक्ष्य पाएको थियो ।

भारतका लागि चेतेश्वर पुजाराले ६६ रन र ऋषभ पन्तले ५७ रनको योगदान दिए । पुजाराले एक सय ६८ बलमा आठ चौका ठोके । बलिङमा इंग्ल्यान्डका बेन स्टोक्सले चार विकेट लिएका थिए । पहिलो इनिङ्समा भारतले चार सय १६ रन बनाएको थियो । पहिलो इनिङ्समा भारतका ऋषभ पन्तले एक ४६ रन र रवीन्द्र जडेजाले एक सय चार रन जोडेका थिए । भारतका लागि दोस्रो इनिङमा जसप्रित ब्रुमराहले दुई विकेट हात पारे ।

अव भारत र इंग्ल्यान्डबीच तीन एकदिवसीय तथा तीनवटै टी–२० सिरिज हुनेछ । भारतका रोहित शर्मा र इंग्ल्यान्डका जोस बटलरले आफ्ना टोलीको कप्तानी गर्नेछन् । इंग्ल्यान्डका इयोन मोर्गानले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 470

प्रतिक्रिया (०)

सम्बन्धित खबर