Aamsanchar

दहिझोडामा मृत अवस्थामा हात्ती फेला, प्रहरीको टोली घटना स्थल तर्फ

Author Image
बुधवार, असार २२, २०७९

झापा । झापाको अर्जुनधारा–४ दहिझोडामा पनि बुधवार (आज) बिहान एउटा हात्ती मृत फेला परेको छ। सुखानी सहिद मार्गदेखि अलि तल दहिझोडा खोलाको किनारमा एक किशोर अवस्थाको हात्ती मृत्य फेला परेको हो।

केहि दिन यता झापामा हात्ती मृत अवस्थामा भेटिने क्रम बढेको छ । केहि समय अघि पनि बुद्धशान्तिमा एउटा हात्ती मृत अवस्थामा फेला परेको थियो।

झापामा एकपछि अर्को हात्तीको मृत्यु के कारणले भयो भन्ने यकिन भने भएको छैन। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले हात्ती मृत अवस्थामा भेटिएको जानकारी आएलगत्तै प्रहरीको टोली त्यसतर्फ गइसकेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 1566

प्रतिक्रिया (०)