Aamsanchar

सञ्चारकर्मी सहकारीले चार पत्रकारलाई सम्मान गर्ने

Author Image
बुधवार, असार २२, २०७९

विराटनगर । सञ्चारकर्मी  सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले शिक्षक मासिक (काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सर्दारलाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो ।

उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर सम्मान गर्न लागेको हो ।
दाहाल यसै वर्ष स्थापित तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार छ ।

मानन्धर २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पा“च लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । यसभन्दा अगाडि सो पुरस्कार इलामका पत्रकार भीम चापागाईं, काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकी, विराटनगरका पत्रकारद्वय अनन्तराज न्यौपाने र मीनकुमार श्रेष्ठलाई प्रदान गरिसकिएको छ ।

यस्तै २०७९ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार भण्डारीलाई प्रदान गर्ने भएको हो । यसभन्दा अगाडि सो पुरस्कारबाट पत्रकार कुमार लुइ“टेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई, देवनारायण साह, मोहम्मद सदरुल र तारा आचार्य पुरस्कृत भैसकेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष २१ हजार नगद राशिसहित सम्मान गरिदै आएको छ ।

यस्तै पत्रकार उषा सर्दार २०७९ सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हुन् । सो पुरस्कारको राशि १० हजार छ । यस अघि सो पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ र एलिना दियाली पुरस्कृत भैसकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७९ असार २१ गते मंगलबार बसेको बैठकले चारै वटा पुरस्कारको घोषणा गरेको हो । चारै वटा पुरस्कार संस्थाको एघारौं स्थापना दिवसको अवसरमा २०७९ असार २७ गते प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।
पुरस्कृत व्यक्तित्व सबैलाई बधाई

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 446

प्रतिक्रिया (०)