Aamsanchar

दाङका ८ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरियाे

Author Image
बिहिवार, असार २३, २०७९

दाङ – दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्तिनगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उनले जानकारी दिए ।

चौध प्रकारका रोगकाविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइने गरिन्छ । पालिकाभित्रका सम्पूर्ण बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ । अहिले बबईबाहेक नौ पालिकामा खोप भण्डार केन्द्र सञ्चालनमा छ । तुलसीपुर उपमहानगरपालिकालाई बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार पालिकालाई २०७४ सालमै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो भने अहिले बालिबालिकालाई लगाइने सम्पूर्ण खोपको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।जिल्ला खोप समन्वय समितिले तथ्यगत विवरण प्रमाणीकरण गरेसँगै तुलसीपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर