Aamsanchar

झापामा मोवाईल पसलमा चोरी गर्ने १८ बर्षे युवा पक्राउ, प्रहरीले घरमा खानतलास गर्दा ८० राउन्ड गोली बरामत

Author Image
बुधवार, असार २९, २०७९

झापा । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ ।

गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबायल–२९ थान, घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भएको जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवायल, मोवायलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 455

प्रतिक्रिया (०)

सम्बन्धित खबर