Aamsanchar

नेपाली चियाको आयातमा भारतले कडाइ गर्ने

Author Image
बुधवार, असार २९, २०७९

भारतले नेपालबाट भित्रिने कम गुणस्तरको चियामा कडाइ गर्ने भएको छ । दार्जिलिङको उच्चस्तरको चियासँग मिसाएर नेपालबाट भित्रिने कम गुणस्तरको चियाले त्यसको विश्वव्यापी ब्रान्डमा असर पुगेको भन्दै भारतले आयातमा कडाइ गर्न लागेको हो । भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयले नेपालबाट भित्रिने सस्तो चियालाई रोक्न नियमहरू लागू गरिसकेको बताएको छ भने संसदको समितिले पनि नेपालबाट चिया आयात गर्दा ‘सर्टिफिकेट अफ ओरिजिन’ का लागि कडा नियमहरू लागु गर्ने गरी दुई देशबीचको सम्झौतामा पुनर्मुल्याङ्कन गर्न सुझावसमेत दिएको छ ।फाइनान्सियल एक्सप्रेसका अनुसार केही निर्यातकर्ताहरुले दार्जिलिङको चिया भन्दै नेपालको सस्तो चिया भित्र्याइरहेको र यसले दार्जिलिङका चिया किसानहरूलाई घाटा भइरहेको भारतको ठहर छ । त्यस्तै, केही स्थानीय निर्यातकर्ताले नेपालकै कम गुणस्तरको चियालाई दार्जिलिङको चिया भन्दै विश्व बजारमा पठाइरहेको बताइएको छ । यसले दार्जिलिङको चियाको मूल्य विश्व बजारमा कम भएको भारतको बुझाइ छ ।भारतको चिया बोर्डले मन्त्रालयको सुझावहरूलाई लागू गर्न सुरु गरेको बताए पनि साना व्यापारीहरूले भने अझै पनि नेपाली चिया ठूलो मात्रामा भारत भित्रिरहेको आरोप लगाएका छन् । नेपाल र भारतबीच व्यापारसम्बन्धी नयाँ सन्धि सन् २००९ को अक्टोबरमा भएको यो सन् २०२३ सम्म लागू हुने समाचारमा उल्लेख छ । (द फाइनान्सियल टाइम्सबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 492

प्रतिक्रिया (०)