Aamsanchar

सर्लाहीको एक गाउँपालिकाका जनप्रतिनिधीद्वारा साढे १६ लाख रुपैयाँ बराबरको साडी खरिद

Author Image
बिहिवार, असार ३०, २०७९

प्रतिकात्मक तस्वीर गुगलबाट ।

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ ।

यसरी साडी वितरण गर्नु प्रतिफल नदिने कार्यक्रम भएकाले खर्च नियमसम्मत नदेखिएको निष्कर्ष समेत महालेखाको रहेको छ ।

भोट झुक्याउन जनप्रतिनिधीले यसरी साडी किनेर वितरण गरेको हुन सक्ने एक स्थानीयले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनोट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 435

प्रतिक्रिया (०)