Aamsanchar

इङ्ल्याण्डले भारतविरुद्धको वन डेमा बदला लियो

Author Image
शुक्रवार, असार ३१, २०७९

इङ्ल्याण्डले भारतविरुद्धको वन डेमा बदला लिएको छ । भारतसंग १० विकेटले पराजय व्यहोरेको दुई दिनपछि नै इङ्ल्याण्डले बदला लिँदै एक सय रनको जीत हासिल गरेको छ ।

बिहिबार राति लर्ड्स मैदानमा खेलिएको खेलमा भारतले जीतका लागि २ सय ४७ रनको लक्ष्य पाएको थियो । यद्यपि, भारतीय टीम १ सय ४६ रनमै अल आउट भयो र खेलमा इङ्ल्याण्डले एक सय रनको जीत हासिल गर्यो ।

योसंग तीन खेलको वन डे सीरीजमा १–१ को बराबरी भएको छ । अब आइतबार हुने खेलले श्रृंखलाको नतिजा निस्कने छ ।

इङ्ल्याण्डको जीतमा रीस टप्ली नायक रहे, जसले ९.५ ओभरमा २४ रन दिएर ६ विकेट लिए र भारतीय ब्याट्सम्यानलाई खुलेर खेल्नै दिएनन् । टप्लीले रोहित शर्मा, शिखर धवन, सूर्यकुमार यादव जस्ता ब्याट्सम्यानलाई आउट गरे । खेलको उत्तराद्र्धमा उनले मोहम्मद ासमी, युजवेन्द्र चहल तथा प्रसिद्ध कृष्णालाई पनि आउट गरे ।

यो खेलमा भारतका ब्याट्सम्यानहरु चलेनन् । कप्तान रोहित शर्माले खाता नै खोल्न पाएनन्, शिखर धवनले ९ रन मात्र बनाए । ऋषभ पन्त (० रन) तथा विराट कोहली (१६ रन) आउट भएपछि भारतको हार निश्चित भएको थियो ।

भारतले ३१ रनमै चार विकेट गुमाइसकेको थियो । त्यसपछि हार्दिक पाण्ड्या तथा सूर्यकुमार यादवले केही क्षण इनिङलाई सम्हाले, यद्यपि उनीहरु आउट भए लगत्तै भारतको स्कोर १०१ मा ६ विकेट भयो । रवीन्द्र जडेजा तथा मोहम्मद शमीका बीच ३९ रनको साझेदारीले केही आशा जागेको थियो, तर त्यो जीतका लागि पर्याप्त भएन ।

त्यसो त इङ्ल्याण्डको टप अर्डर पनि चल्न सकेको थिएन । इङ्ल्याण्डको आधा टीम १ सय २ रनमै आउट भएको थियो । यद्यपि, खेलको उत्तराद्र्धमा इङ्ल्याण्डका खेलाडीहरुले राम्रो योगदान दिए ।

इङ्ल्याण्डका टप अर्डर असफल भएको बेला अन्त्यमा मोइन अली (४७) तथा डेविड विली (४१) ले आफ्नो टीमलाई सम्मानजनक स्कोरसम्म पुर्याए । भारतका लागि युजवेन्द्र चहलले १० ओभरमा ४७ रन दिएर चार विकोट लिए भने जसप्रीत बुमराह तथा हार्दिक पाण्ड्याले दुई(दुई विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 408

प्रतिक्रिया (०)

सम्बन्धित खबर