Aamsanchar

बार्सिलोना र युभेन्ट्स बराबरीमा

Author Image
बुधवार, साउन ११, २०७९

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३४ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि ३९ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा फर्काए । ४० औं मिनेट डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा अग्रता जोगाइ राख्न सकेन ।

खेलको ५१ औं मिनेटमा किनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–२ गोलको बराबरीमा फर्काए । बार्सिलोना र युभेन्ट्स अहिले प्रि सिजन टुरमा छन् । बार्सिलोनाले यसअघिका तीन मैत्रीपूर्ण खेलमा जित निकालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर