Aamsanchar

मासिक ४५ सयको औषधि खान नपाएर बाह्रदशी का हाकिमको कन्त बिजोग

Author Image
मङ्गलवार, साउन १७, २०७९

बिर्तामोड । झापा बाह्रदशी गाउँपालिका वडा नम्बर २ डिग्लीबारी का ६५ बर्से हाकिम मियाँको अवस्था अत्यन्तै दहनीय बनेको छ ।  दुई दशक अगाडि क्षयरोग (टिवी ) बिग्रिएर क्रमशः रोगका कारण पीडित  बन्दै आएका हाकिम यतिबेला भने निकै कमजोर बनेका छन् ।

हाकिमको जीवनको विगतलाई बुझदा उनी समाजमा राम्रै कर्म गरेर आफ्नो नाम कहलाउन सफल बनेका व्यक्ति हुन् ।

भनाई छ कर्म गर फलको आशा नगर । त्यो भनाइको अर्थ कर्म गर फल आफै प्राप्त हुन्छ भन्न खोजिएको हो । तर  हाकिमको जीवनमा भने त्यो भनाई मेल खाएको छैन ।

कुनै पनि व्यक्तिले सन्तानको आस गरेको हुन्छ । उसले सोचेको हुन्छ भविष्यमा सन्तानबाट आफूलाई सुख प्राप्त हुन्छ, तर त्यो अवसर पनि जुरेन छ हाकिमलाई, हाकिमका जम्मा ९ जना सन्तान रहेका थिए, एक पछि अर्को जन्मदै मर्दै गर्दा हाल एक जना छोरा मात्र रहेका छन् । ति छोरा पनि जिम्मेवारीबाट भागेको १० बर्स बितिसकेको रहेछ ।  छोराले  बुवा आमाको दीर्घ आयुको कामना गर्नुपर्नेमा त्यसको विपरित छोराले छिटो मर भन्ने गरेको गुनासो हाकिमले रुदै सुनाए ।

चार पुस्ता देखि सोही ठाउँमा बसोबास गर्दै आएको हाकिमको परिवारको पृष्ठभूमि रहेको छ ।

हाकिम मियाको फुस्को घर ।

हाकिम र उनकी श्रीमती जहरा खातुन पूर्व जनप्रतिनिधि पनि हुन् ।  २०४५ सालमा हाकिम वडा सदस्यमा निर्वाचित भएका थिए भने उनकी श्रीमती जहरा २०५४ सालमा वडा सदस्यमा निर्वाचित बनेकी थिइन् । उनीहरू नेपाली काँग्रेस पार्टीबाट निर्वाचित बनेका थिए  ।

२०४७ सालमा स्वास्थ्य सेवा लिने ठाँउ र यातायातको सुविधा थिएन त्यो ठाउँमा, त्यो बेला हाकिमलाई लगातार ६ महिना ज्वरो आए पछि  जसोतसो गरेर तत्कालीन मेची अञ्चल अस्पतालमा जचाउँदा क्षयरोग भएको पत्ता लाग्यो । लामो समय औषधि खानुपर्ने सल्लाह चिकित्सकले दिए पछि केही महिनाको औषधि लिएर घर फर्किएका हाकिम त्यस पछि बर्खा याम सुरु भएकाले अस्पताल जानै सकेन छन् । पश्चिममा घाग्रा र पूर्वमा भुतेनी खोलामा पुल थिएन । औषधि सेवन गर्न नपाए पछि त्यसताका  उनको स्वास्थ्यमा निकै समस्या देखिन थाल्यो, त्यस पछि उपचारको लागि विभिन्न ठाउँमा पुगेर उपचार र औषधी सेवन गरे तर रोग निको भने भएनऔषधी खाउन्जेल ठिक हुने त्यसपछि समस्या उस्तै । अहिले पनि औषधि सेवन गर्दा ठिकै हुन्छ औषधि नखाए करङ, टाउकोमा जलन हुने गरेको हामिक बताउँछन् । अहिले उनलाई मासिक औषधिको लागि करिव ४५ सय खर्च लाग्ने गरेको छ । तर त्यो ४५ सय पनि जुटान सक्ने अवस्था नभएर मर्नु न बाच्नुको अवस्थामा रहेका छन् हाकिम ।

विभिन्न अस्पताल र डाक्टरको पुर्जा ।

राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल रहेका हाकिमलाई पार्टी र नेताले सहयोग नगरे पनि  उपचारकै क्रममा पहिले १५ कठ्ठा ऐलनी जग्गा बिक्री गरे, त्यसपछि नम्बरी ५ कठ्ठा र अर्को १२ धुर जग्गा बिक्री गरि सकेका छन् । अब उनिसंग सानो झुप्रो घर रहेको ११ धुर मात्र जग्गा रहेको छ । त्यो पनि बेच्ने हो भने हाकिम वेघर बन्ने छन् ।

मुसलमानको छोरो भएपनि हिन्दु धर्म प्रति पनि सम्मान जनाउने मिजासिलो, इमानी भएका कारणले धाएर भेटेका सबै मनकारीहरुले दिने आर्थिक सहयोगको भरमा नियमित औषधि र जीवन यापन गर्दै आएका हाकिम अब भने निकै निरास बनेका छन् । अब उनी धाएर सहयोग माग्न पनि जान नसक्ने बनेका छन् । उनी भन्छन् ‘मर्नु परो भन्छु मर्ने आटपनि आउदैन् अझै १० बर्स बाच्ने ईच्छा रहेको छ । छोराले नातिनी छोडेर गएको छ त्यही नातिनको मायाले मर्न सकेको छुईन् । १२ बर्स की भई नातिनी २० बर्स पुगेपछि विवहा गरिदिने धोको छ ।’

गत बर्स सम्म झापा मोरङका विभिन्न ठाउँमा पुगेर सहयोगको याचना गर्दा संकलन भएको रुपैंयाले औषधि र घर खर्च टार्दै आएका हाकिम पछिल्लो केही महिना देखि सहयोग माग्न पनि जान सकेका छैनन् । उनी जान नसक्नुको कारण हो । सरिर कमजोर हुनु ।

अस्पतालको झै घरमा थुप्रिएको औषधिका खाली बोटल र खोलहरु ।

झापामा धेरै सामाजिक संस्थाहरु रहेका छन् । ति संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत हरेक बर्स दिन दुखीहरुलाई सहयोग गर्ने बजेट बनाएका हुन्छन् । तर ति संस्थाहरु सहरमुखी मात्र बन्ने गरेका छन् । सबैले पायक पर्ने ठाउँमा मात्र सहयोग गर्ने हुदाँ कसैलाई उप्रिमाथी थुप्रि भईरहेको छ । तर हामिक जस्ता गाउँमा रहेका दिनदुखीको बारेमा दाताहरु पनि वेखर बन्ने गरेका छन् ।

सामाजिक र मानवीय काम गर्ने संस्था वा व्यक्तिहरुले एक पटक हाकिमको घर सम्म पुगेर सकेको सहयोग गर्ने हो भने छुट्टै आनन्द प्राप्त हुने छ । हिजोको दिनमा समाजका लागि योगदान गरेका हामिलाई आज समाजले पनि सहयोग गर्नुपर्ने दाहित्व पनि हुन जान्छ ।

हाकिमको बारेमा थप बुझन र उनलाई सहयोग गर्नको लागि सम्पर्क गर्नु परे ९८१४९८०३२८/९८२४०२१७०२  मा सम्पर्क गर्न सकिने छ ।

भिडियो पनि हेरिदिन होला ।  

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
2
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर