Aamsanchar

समाजवादी केन्द्रको गठबन्धन या तालमेलले  कांग्रेसमा पर्ने असर 

Author Image
मङ्गलवार, साउन १७, २०७९

नेपाली राजनीतिमा गणतन्त्र पछि धेरै पाटीहरू जन्मिए कति पाटीहरू राष्ट्रिय दलमा स्थापित भए कति दलहरू आफ्नो पहिचान सम्म बनाउन सफल भए कति राजनीतिक दलहरू अन्य राजनीतिक पाटीमा विलय भए। शेर बहादुर प्रधानमन्त्री बन्नु भन्दा पुर्व एमाले र माओवादीको राजनीति पाटी एकीकरण पश्चात नेकपा एमालेमा परिणत भयो । त्यतिखेरको वर्तमान राजनैतिक अवस्था नेपालमा प्रमुख दुई राजनीतिक दल मात्रै निर्णायक रुपमा देखा परे । झण्डै दुई तिहाइ को एमालेको सरकारको सत्ता भोग र नेपाली कांग्रेसमा तत्कालीन आन्तरिक मतभिन्नता कारण नेकपा एमालेमा महत्वकाक्षां र सत्ता वासनाले तत्कालीन प्रधानमन्त्री केपी ओलीमा ‘मै हु’  भन्ने सोचले  नेकपा एमाले भित्रका माओवादी आफूलाई निरिह र कमजोर महसुस गर्न थाले अर्को तर्फ माधव नेपाल र झलनाथ खनालको पाटी भित्रको आफ्नो पूर्व वर्चस्व झन खस्कन्दै गयो ।

   समयमै प्रचण्ड र माधव नेपाल नेकपा एमालेबाट अलग नभए दुवैको राजनीतिक साख खतम हुने भएको आँकलन गरी पाटी विग्रह गरे । प्रचण्ड पूर्ववत् आफ्नो माओवादी मा आए भने माधव नेपालले समाजवादी पाटी बनाए ।

त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बन्यो । 

अहिले पुन पाँच दलिय गठबन्धन भित्र पनि नेपाली कांग्रेस बाहेक ‘समाजवादी केन्द्र’ को नाममा गठबन्धनको तयारीमा छन । यसको लागी छलफलमा तिव्र रुपमा प्रचण्ड , माधव नेपाल , बाबुराम भट्टराई र वामदेव गौतम समेत एक ठाउ मा आएका छन । उपेन्द्र यादव अहिले सम्म यो गठबन्धनमा नरहने बताउँदै गएकाछन् । समाजवादी केन्द्रको आवश्यक्तामा संलग्न रहेका नेताहरूले एमालेलाई अलग्याउँदै कमजोर बनाउने बताउँदै आएता पनि यिनीहरूको भित्री उद्देश्य कांग्रेससँग सिट बाँडफाँडको बार्गेनिङ नै हो । सिट बाँडफाँडमा कुरा नमिले वर्तमान पाँच दलिय गठबन्धन भंग हुने पनि टडकारो देखिन्छ। गठवन्धन नरहेको अवस्था पाटी भित्र राजनैतिक हिसाबले शेर बहादुर देउवा कमजोर छन र आफू स्थापित भइरहन समाजवादी केन्द्रको माग विपरित जान सक्दैन भन्ने पनि समाजवादी केन्द्रको राजनीतिक बजाइ हुन सक्छ। यही भएर पाँच दलिय भित्रका प्रचण्ड माधव नेपाल लगायतले समाजवादी  केन्द्र को अवधारणा ल्याएको हुन सक्छ। 

अर्को तर्फ ‘समाजवादी केन्द्र’ भित्र अहिले समेटिएका राजनीतिक पाटीहरू सवै कम्युनिस्ट हुन । समाजवादी केन्द्र निर्मित भएपनि अहिलेको पाँच दलिय गठबन्धनमा कुनै असर नपर्ने र यो गठबन्धन यथावत रहने छ भनेका छन । तर यो कुरामा विस्वसनिय आधार कम्युनिस्टको राजनीतिक चरित्रगत आधार ले देखिन्दैन भने अर्को तर्फ चिनको नेपालमा पटक पटक को आगमन र कम्युनिस्ट पाटी संग भेटघाट , गतिविंधी र कम्युनिस्ट एक ठाउ मा ल्याउने प्रयत्नले पनि गठबन्धन यथावत रहन्छ भन्न सकिने अवस्था छैन । निर्वाचन सम्म कथंकदाचित गठबन्धन यथावत रहे त्यो पनि समाजवादी केन्दू को माग वमोजिम नेपाली कांग्रेस संग सिट बाडफाड भएको अवस्थामा निर्वाचन सम्म जान सक्लान । निर्वाचन पछि वृहद कम्युनिस्ट पाटी भनेर एक ठाउ मा सबै वाम सक्ती आउछन नै ।  

 अहिले निर्वाचन आयोग चुनावको घोषणको लागी सरकारलाइ घचघच्याइ रहेको छ । सरकारमा रहेका सबै दल यस कुरामा उदासीन रहेका छन । नेपाली कांग्रेस बाहेक अन्य गठबन्धनमा रहेका दल पनि ‘ समाजवादी केन्द्र’ को निर्माण विधिवत टुग्याउन चुनावको मीति घोषणा अघिनै गर्न चाहान्छ यसो गर्दा नेपाली कांग्रेसमा गठबन्धन भित्र आफू भारी हुने चाहाना पनि हो जसबाट सिट बाडफाडमा आफ्नो पकड़ दरो होस । 

अहिले कांग्रेसको नेतृत्वमा रहेको सरकार जस्को नेतृत्व कांग्रेसका पाटी अध्यक्ष शेरबहादुर देउवाले गरिरहेका छन  जस्ले चुनावको घोषणा गर्न सकिरहेका छैनन । प्रधानमन्त्री देउवाको यो वाध्यता गठबन्धनको चुनाव घोषणामा सहमती हुन नसक्नु पनि हो भने अर्को सहमती विना चुनाव घोषणा गर्दा गठबन्धन भंग पनि हुन सक्ने आँकलन कांग्रेस पाटी भित्र पनि रहेको हुन सक्छ। यस्तो अवस्थामा चुनाव घोषणा गर्दा गठबन्धन व्रेक भए पाटी भित्र ४० प्रतिशत को कुरा उठाइरहेका डा। शेंखर कोइराला समुह पाटी भित्र हावी हुने हुने पनि पाटी अध्यक्ष शेरबहादुर देउवाको समुहले राजनीतिक अध्यन गरेका हुन सक्छ । यही कारणले समाजवादी केन्द्र ू स्थापना गर्ने अभियानमा लागेकाले यस्लाइ अवसरको रुपमा लिएकाछन ।

नेपाली काग्रेसको पहिलो धर्म प्रजातन्त्रको रक्षा गर्नु हो र त्यो त्यतीखेर मात्र सम्भव छ समयावधि भित्रै निर्वाचन गर्नु । निर्वाचनमा जान  रोक्न खोज्ने , विलम्ब गर्न खोज्ने कुनै सक्ती , कुनै गठबन्धनको वन्धन भित्र रहनु हुदैन । निर्वाचन वन्धन रहित , निर्वाचन गठबन्धन रहित हुनुपर्छ जस्ले स्वस्थ निर्वाचन परिणाम दिन्छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर