Aamsanchar

इटहरीमा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने

Author Image
सोमवार, साउन २३, २०७९

इटहरीमा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

प्रतियोगिताका लागि कूल १६ विद्यालयलाई  चार समूहमा विभाजन गरिएको छ । ग्रुप  एमा यूनिक ,सुषमा गोदावरी ,इटहरी मोडल ,लिटल पिस ,ग्रुप बी मा डीभीयम ,महेन्द्र मेमोरियल, विश्व आदर्श ,ग्रीन पिस ,ग्रुप सी मा बाइ पाइन् टीनग, स्याक्रेड हार्ड ,कोशी, माउंट मकालु ग्रुप डी मा सुनसरी क्रिस्टल ,पशुपति, लड बुद्ध यस ओ यस रहेका छन्।

प्रतियोगिताका  उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरूलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।

लिग आधारमा हुने प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर