Aamsanchar

 बाग्लुङका गन्तव्यहरूमा पर्यटक बढ्दै 

Author Image
बिहिवार, साउन २६, २०७९

बागलुङ । बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । मुक्तिनाथ, ढोरपाटन भ्रमण र कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ । अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको चाप बढन थालेको छ ।

बागलुङमा आन्तरिक पर्यटकको चाप बढेको पर्यटन व्यवसायीहरु बताउँछन् । बागलुङको धार्मिक पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको घुईचोनै लाग्ने गरेको पाइएको छ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा पर्यटकको चाप बढेको पाइएको छ ।

पर्यटकीय क्षेत्रका रूपमा एकदमै अगाडि बढेको बागलुङमा कोरा्ना कहर पछी बिस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरूको आर्थिक सबलीकरणमा समेत उल्लेख्य सुधार हुन थालेको छ । धार्मिक पर्यटकहरू मात्र नभएर अध्ययन अवलोकन भ्रमणको समेत गन्तव्य बन्दै आएको छ बागलुङ । अहिले विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवद्र्धनका कारण जिल्लामा पर्यटकहरू बढ्दै गएको पाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर