Aamsanchar

‘क्वाति’ बनाउन मिसाइने ९ प्रकारका गेडागुडीको नाम जानौँ  

Author Image
शुक्रवार, साउन २७, २०७९

फोटो श्रोत : पहिलो पोष्ट

आजको दिन  छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको ‘क्वाति’ हो । नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले ‘क्वाति’ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका (गेंडागूडिहरु मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 752

प्रतिक्रिया (०)

सम्बन्धित खबर