Aamsanchar

पहिलो खेलमै ओसासुना विजयी

Author Image
शनिवार, साउन २८, २०७९

सेभियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको छ । सेभिया पहिलो खेलमै ओसासुनासँग २–१ ले पराजित हुन पुगेको हो ।

पाम्पलोनामा शुक्रबार राति भएको खेलमा ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरे । सेभियाका राफा मिरले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा इजिक्वेल एभिलाको गोलबाट ओसासुनाले सुरुवाती अग्रता लिएको थियो । उनले रुवेन पेनाको पासमा गोल गर्न सफल भएका थिए । ११औं मिनेटमा राफा मिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेजान्द्रो गोमेजको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि ७४औं मिनेटमा एयमज ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा सेभिया पहिलो खेलमै स्तब्ध बन्न पुग्यो । यसै समरमा डिफेन्डर जुल्स कुन्डे ला लिगाको अर्को क्लब बार्सिलोना पुगेपछि सेभियाको डिफेन्सलाइन केही कमजोर देखिएको छ । टोलीलाई उनको अभाव खड्किएको छ ।

यता, प्रिमियर लिगमा वार्टफोर्डले बर्नलेलाई १–० ले पराजित गरेको छ । वाटफोर्डको जितमा टोम क्लेभर्लीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा किम सिमाको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितपछि वाट्फोर्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित बर्नले ३ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)