Aamsanchar

स्पेनिस ला लिगामा लेवान्डोस्कीको दुई गोलमा बार्सा विजयी

Author Image
सोमवार, भदौ ६, २०७९

रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको हो ।

बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै अलेक्सान्डर इस्याकले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सालाई पुनः अग्रता दिलाए भने लगत्तै लेवान्डोस्कीले अर्को गोल थपे । ७९ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

बार्सा पहिलो खेलमा आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिएको थियो । जीतसँगै बार्सा लिगको पाँचौँ स्थानमा उक्लिएको छ । आइतबार राति नै भएको अन्य खेलमा एट्लेटिको म्याड्रिड भिल्लेरियालसँग २-० गोल अन्तरले पराजित भएको छ । त्यस्तै एथ्लेटिक बिल्बाओले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर