Aamsanchar

नेपाल अलैंची व्यवसायी महासंघको ‘वाह अलैंची’ कार्यक्रम सुरु, ब्रान्ड एम्बेसडरमा मास्टर सेफ सन्तोष साह

Author Image
सोमवार, भदौ ६, २०७९

बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघ ले ‘वाह अलैंची’ कार्यक्रम सुरु गरेको छ ।
महासंघले नेपाली अलैँचीको उत्पादन, गुणस्तर सुधार र बजारीकरणका क्षेत्रमा स्थानीय तह, प्रदेश र संघीय सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहयोग र समन्वयमा विविध गतिविधिहरू सञ्चालन गर्ने उद्देश्यले ‘वाह अलैंची’ कार्यक्रम सुरु गरिएको आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए ।
महासंघ ले अलैँचीको उपभोग बढाउन र अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीलाई निर्यात गर्नको लागि ख्याति प्राप्त मास्टर सेफ सन्तोष साहलाई अलैँचीको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

अलैँचीबाट वार्षिक अनुमानित ७ अर्ब  रुपैयाँ आम्दानी हुने गरेको संघले दावी गरेको छ । नेपालमा ४५ भन्दा बढी जिल्लामा १८ हजार ४०० हेक्टर जमिनमा अलैँचीको व्यवसायिक खेती भईरहेको र करिव ५ हजार ५ सय मेट्रिक टन अलैंची उत्पादन हुदै आएको बताईएको छ । कुल उत्पादनको ४ प्रतिशत मात्र नेपालमा खपत हुने गरेको र बाँकी अलैंची भारतलगायतका अन्य मुलुकमा निर्यात हुने गरेको छ । हाल अलैंची खेतीमा १ लाख परिवारहरू प्रत्यक्ष संलग्न रहेको संघले विवरण सार्वजनिक गरेको छ ।

उत्पादन राम्रो भएपनि राज्यले ठोस निर्यात नीति नबनाई दिदा नेपाली अलैंची कृषक र व्यवसायीहरू निरास हुन थालेका छन् । भारत बाहेक अन्य मुलुकमा सिधा व्यापार हुन नसकेका कारण अन्तर्राष्ट्रिय बजारमा सहजै अलैंची बिक्री हुने भए पनि यो अवसरलाई नेपाल सरकारले गुमाईरहेको कार्यक्रमका वक्ताहरु को भनाई रहेको थियो ।

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

अलैंची व्यवसायी महासंघको वाह अलैंची कार्यक्रम सञ्चालन गरिरहनुभएका मास्टर सेफ शाहले आफूले गरेको काम मनदेखि नै गरे सफलता मिल्ने बताए ।

स्विस सरकारको सहयोगमा वाह अलैंची कार्यक्रम सञ्चालन भइरहेको छ । महासंघका अनुसार पहिलो चरणमा शिक्षण संस्थाहरूमा फुड फेस्टिभल सञ्चालन भएका छन् । दोस्रो चरणमा अलैंची कृषकसँग अन्तरक्रिया तथा अलैंची प्रयोग हुने विभिन्न स्थानको अवलोकन गरिएको अलैंची व्यवसायी महासंघ ले जनाएको छ । अन्य चरणका कार्यक्रमहरू पनि सञ्चालन हुने सेफ शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि दर्लामी, कृषि सचिव मेघनाथ तिमल्सेना, व्यवसायी राजेन्द्र घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाललगायतले अलैँचीको बारेमा विचारहरू राखेका थिए ।  कार्यक्रमको सञ्चालन महासचिव नारायण चिमरियाले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 420

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१