Aamsanchar

‘देउवाले आफ्नो भर कांग्रेसमा कांग्रेसको भर देउवामा देख्नु पर्छ’

Author Image
बिहिवार, भदौ ९, २०७९

मंसिर ४ गते निर्वाचनको घोषणा भएको छ । गठबन्धनमा सिट बाँडफाँड अरु पेचिलो बन्दै गइरहेको छ । गठबन्धन भित्र रहेका दलहरूमा के विश्वास छ भने गठबन्धन बाटै टिकट पाए निर्वाचित हुने ठानेका छन यसै कारण सिट बाँडफाड पेचिलो बनेको हो । यसको अर्थ गठबन्धनले निर्वाचन प्रभावित पार्ने कुरा बज्नु पर्छ । लोकतन्त्रमा निर्वाचन र निर्वाचनको परिणामले देशको लोकतन्त्रमा जन विश्वास र सुशासनको पनि मापदण्ड गरिन्छ । तर अहिलेको गठबन्धन भित्र वामपन्थी विचार बोकेका समेतको दरो उपस्थिति मात्रै हैन योनिहरूको गठबन्धन भित्र अर्को गठबन्धनले मंसिर ४ को निर्वाचन समेतमा आफ्नो अनुकुलको सिट बाडफाड हुनेगरि नेपाली कांग्रेसलाई निर्वाचनमा निर्वाचित भएर आउनेहरू को सङ्ख्यामा सकेसम्म कम गराउने रणनीति अख्तियार गरेको देखिदै छ !

देशमा प्रजातान्त्रिक लोकतन्त्र व्यवस्थामा जनविश्वास र जनआधार को साथै न्याय एवं सुशासन पनि  हेर्ने आधार नेपाली कांग्रेस नै हो वाम सक्तिहरुबाट पटक पटक लोकतन्त्र र संविधानको मर्ममा गरेको प्रहारको आधारबाट अहिलेको पाच दलीय गठबन्धनबाट देशमा सुशासन र लोकतन्त्रको संरक्षण हुन सक्छ भन्न सकिदैन । 

गठबन्धन ले निर्वाचनमा प्रजातन्त्र र लोकतन्त्रमा आस्था रहेको मत लाई देखाउदैन देखाउँछ त गठबन्धन भित्र रहेको अन्य दलको समेत मत देखिन्छ र त्यसमा नेपाली कांग्रेसको समेत मत देखिन्छ त्यसले देशमा प्रजातन्त्र लोकतन्त्र प्रति कति आस्थावान छन कति कांग्रेस प्रति जनआधार छ त्यो गठबन्धनले प्रभावित पार्ने छ । यसले निर्वाचन प्रभावित गर्ने छ । प्रजातन्त्रमा गठबन्धनको नाममा कुनै पनि कारणबाट निर्वाचन प्रभावित , प्रचारित या प्रसारित गरिन्छ भने त्यसले निर्वाचन स्वस्थ र निष्पक्ष हुन दिदैँन र त्यस्तो प्रकारको निर्वाचनले देशमा दिगो राजनीतिक शासन प्रणाली दिन सक्दैन र गणतन्त्रात्मक संविधानमा नै प्रस्न चिन्ह लाग्न सक्छ । यो भन्दा पूर्व एमाले र माओवादीको गठबन्धनले निर्वाचन मात्रै प्रभावित पारेन दुई तिहाइको सरकार समेत गिर्न पुग्यो र जनमानसमा गणतन्त्र र संविधानमा प्रश्न नै उठाए यसको मूल कारण हो लोकतन्त्र र प्रजातन्त्रमा सदैव क्रियाशील रहेको नेपाली कांग्रेस अत्यन्त कमजोर अवस्थामा प्रतिपक्षी रहनु पनि हो । अहिले पुन पाच दलीय गठबन्धनले यस्तै अवस्था भित्रिने खतरा देखिदै छ । यो गठबन्धन निर्माण र उद्देश्य नै नकारात्मक भाव र विचारबाट अभिप्रेरित छ । मात्रै नेकपा एमालेलाई कमजोर तुल्याउनु  हो र यसमा विशेष गरेर प्रचण्ड र माधव नेपालको द्वेषपूर्ण राजनीतिक प्रतिशोध मात्रै हो यही अभिष्ट पुरा गर्न नेपाली कांग्रेसलाई प्रयोग गर्यो ।

भोलि निर्वाचनको परिणाम पछी नेपाली काग्रेसको अवस्था कस्तो हुन्छ त्यस्को लेखा जोखा त्यस्को राजनीतिक अध्यन कांग्रेसले गरेको छ की छैन ?  गठबन्धनको नाममा नेपाली काग्रेसले सिटवाडफाडमा आफ्ना कार्यकर्ताको को व्यवस्थापन कसरी गर्छ र गर्न नसक्दाको परिस्थितिको कसरी आंकलन गरेको छ त्यो पनि अहिले नै विचार पुर्याउन पर्ने छ ।

पाँचदलिय गठबन्धनले भोली कांग्रेसमा अन्तरघात , विचलन र पाटी विग्रह पनि गर्न सक्ने अवस्था आउन सक्छ त्यस्को मूल कारण प्रचण्ड र माधव नेपालको रणनीति हुन सक्छ । वाम सक्तिहरु सधै प्रजातन्त्र र लोकतन्त्र मा घात गर्ने सक्ति हुन र त्यस्को लागी पहिले कांग्रेसलाई कमजोर वनाउनु वनाउदै लैजानु र त्याहा भित्र द्वन्द पैदा गर्नु मुख्य उद्देश्य वामसक्ति को रहन्छ।अहिले कांग्रेस भित्र यस्तै दृस्य देखिन्दैछ ।

पाटी सभापती एवं प्रधानमन्त्रि शेर बाहादुर कस्तो वन्न चाहान्छन ?

पाटी सभापती एवं प्रधानमन्त्रि समेत रहनु भएका शेर वाहादुर देउवाले यो विसयमा कति गम्भिरता पुर्वक लिनु भएको छ त्यो निर्वाचन पछी को नतिजाले परिणाम देखाउला । पहिलो कुरा त नेपाली काग्रेसले आस्था राखेको विश्वास गरेको सभापती देउवामा त्यो आस्था र विश्वास ले आफुमा अपमानित हुन नपरोस । त्यो आस्था र विश्वास बोकेका काग्रेसजनमा देउवाका कारण शिर नझुकोस । कांग्रेस प्रतीकों आस्था देउवाको कारणले दयनिय वन्नु नपरोस , देउवाको लागी यो अन्तिम अवसर हो कांग्रेसलाई उठाउने । देउवा आफ्नो कस्तो इतिहास वनाउन चाहान्छन यो भन्दा पुर्वको बनेको इतिहास अझ विगार्ने हुन कि अझ सवल र सक्षम हुदै गर्व गर्न लायक हुने हुन ।

देउवाको नेतृत्व बनेको सरकार उन्कै डिज़ाइनमा भइरहेको गठबन्धन उनैलाइ घातक नहोस अर्थात कांग्रेसलाई घातक नहोस । अहिले गठबन्धन देउवाको पकड़ भन्दा पनि प्रचण्डको पकड़ देखिनुले कांग्रेसमा निराशाजनक स्थिती देखिदै छ। अहिले कांग्रेसको भर देउवामा मात्रै हैन देउवाले आफ्नो भर कांग्रेसमा देख्नु पर्छ त्यो धारणा देउवाले आफुमा धारण गरे कांग्रेस सुध्रने र आपसी द्वेष र मतान्तर पनि हराउदै जाने हो यो कुरा सबैले बज्नु पर्छ त्यो भन्दापनि सभापति रहेका देउवाले अझ बड़ी बज्नु पर्छ !

अहिले कांग्रेस सभापति समेत रहेका देउवा प्रति काग्रेसको विश्वास र आस्थाले काग्रेसको भोली चरित्र अझ खराव हुने हो की सफा हुने हो त्यो आस्था र विस्वासले काग्रेसको मार्ग सुगम र सरल हुने हो की अझ विकट , कांग्रेसलाई देउवाले चौरास्ता छोडेर जान्छनकी मार्ग पहिचान गराउछन अव देउवामा यस्तै प्रश्न आउछ र त्यस्को उत्तर स्वयं देउवाले दिनु पर्छ यही देउवाको उत्तर ले उन्को भविस्य निर्धारण गर्छ की देउवा कस्तो वन्ने ।

देउवामा अर्को संकट पनि नजिक्कै देखिदै छ यो संकटको सुत्रधार देउवा नभएर प्रचण्ड हुन । राष्ट्रपतिबाट परिमार्जनको लागी पठाएको नागरिकताको विधेयक पुन जस्ताको तस्तै पठाएपछी सृर्जित अवस्थाले आएको हो र यसरी पठाउनेमा प्रचण्डको विचार अभिव्यक्तिले काम गरेको छ ।अहिले राष्ट्रपतिबाट राजिनामा दिने सम्मको समचार सामाजिक सन्जालमा आएपछी देउवामा संकट देखिन सक्छ त्यस्को प्रभाव अर्थात नकारात्मक प्रभाव कांग्रेस आउन सक्ने हो र यहाँ नेर वाम सक्ती अर्थात गठबन्धन भित्रका वाम सक्तिले आफ्नो राजनैतिक स्वार्थ पुरा गर्ने छन र यो प्रकरणमा प्रचण्ड र माधव नेपाल र नेकपा एमालेको निहित स्वार्थ पुरा हुनेछ । यसमा यिनिहरु को अप्रत्यक्ष मोर्चा जस्तो हुन सक्छ।

अहिले देउवामा गठबन्धन भित्रका सहयात्री र प्रतिपक्षमा रहेको नेकपा एमाले दुवैको वन्धन भित्र पर्ने अवस्था आउन सक्ने भएकोले देउवाले सुझबुज र चातुर्य देखाउनु पर्नेछ । यसको लागी यिन्ले आफ्ना राजनीतिक गुरु वि पि लाई अन्तकरणबाटै सम्जेर मार्ग खोज्दै ‘देउवाले आफ्नो भर कांग्रेसमा कांग्रेसको भर देउवामा’ देख्नु पर्छ यो सोचले अगाडी वड्ने हो भने यिन्ले आफ्नो विगत र आगत दुवै सुधार्न सक्ने छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 390

प्रतिक्रिया (०)