Aamsanchar

रोटरी क्लब अफ बिर्तामोड र रोट्याकको सहकार्यमा कचनकवललाई करीब ६ लाख मुल्यको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

Author Image
शुक्रवार, भदौ १०, २०७९

बनियानी । रोटरी क्लब अफ बिर्तामोड र रोट्याक क्लब अफ बिर्तामोडको सहकार्यमा झापाको कचनकवल गाउँपालिकालाई करीब ६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरीएको छ ।

रोटरी क्लबका अध्यक्ष ओमकृष्ण बिमलीको सभापतित्व तथा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा इसिजि मिसिन तथा अन्य मेडिकल सामाग्री हस्तान्तरण गरिएको हो ।

कचनकवल गाउँपालिका अन्तरगत बनियानि उप– स्वास्थ चौकी ,घेराबारी उप– स्वस्थ्य चौकी र केचना उप– स्वास्थ चौकीलाई एक एक थान इसिजी मिसिन र मेडिकल सामाग्री टेरी माइकस्का फाउण्डेसन मार्फत सहयोग उपलब्ध गराईएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीले बताए।

कार्यक्रममा विशिष्ठ अतिथि टेरी माइकस्का, विशेष अतिथि एजी राधीका गुरुङ, रोट्रयाक्ट क्लब बिर्तामोडका अध्यक्ष बसन्त ढकाललगायतले मन्तव्य रोखका थिए ।

स्वागत सुसील थापाले गरेका थिए भने कार्यक्रमको संचालन रोट्रयाक्टका सचिव प्रज्वल बिमलीले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर