Aamsanchar

झापाको एक फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति

Author Image
आइतवार, भदौ १२, २०७९

झापा – झापाको गौरादहमा पायल फर्निचर उद्योगमा आगलागी भएको छ ।  फर्निचर उद्योगमा आगलागी हुँदा करिब १५ लाख मुल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान साढे ३ बजे गौरादह नगरपालिका-१ बस्ने मुनिलाल शर्मा गौरादह बजारमा सञ्चालन गर्दै आएको पायल फर्निचरमा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचर परिसरभित्रै बाँस र टिनको छानो भएको टहरा पूर्ण रुपमा जलेर नष्ट भएको छ । टहराभित्र रहेका मेसिन, काठ र फर्निचर जलेको डीएसपी पाठकले बताए ।

उद्योगमा लागेको गौरादह, दमक र कमल गाउँपालिकाको तीन वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ४ बजेर ५० मिनेटमा पूर्ण रुपमा नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
Views: 2086

प्रतिक्रिया (०)

सम्बन्धित खबर