Aamsanchar

‘हरेक बालबालिकाले गुणस्तर शिक्षा पाउनु उस्को नैसर्गिक अधिकार हो ’ राजदूत निकोला 

Author Image
बुधवार, भदौ १५, २०७९

मेचीनगर । नेपालकालागि बेलायतको आवासीय राजदुत निकोला पोलाइटले बेलायत सरकार १२ वर्ष उमेर समुहका बालबालिकाले अनिवार्यरुपमा गुणस्तर शिक्षा पाउनु पर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।

उहाँले बुधबार झापाको मेचीनगर १२ स्थित सहरेडागी सरस्वती बालकल्याण माध्यमिक विद्यालय परिसरमा गोर्खा वयरफेयर ट्रष्टद्वारा निर्मित नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा यस्तो बताउनुभएको हो ।

कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्जित हुन नहुने भन्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आवासीय राजदुत पोलाइटले नेपालका पनि स साना बालबालिकाहरु शिक्षाबाट पर नहुनु पर्ने र हरेक निःशुल्करुपमा गुणस्तर शिक्षा पाउनुपर्नेमा जोड दिनुभयो । यो सुविधा सम्पन्न संरचनाबाट यहाँका हरेक बाल बालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सक्ने विश्वास लिइएको भन्दैं उहाँले यसलाई यो शिक्षालाई अवसरकारुपमा लिएर प्रयोग गर्न सुझाँव दिनुभयो ।

उहाँले बेलायत र नेपालबीचको सम्बन्ध निक्कै पुरानो र प्रागाढ भएको भन्दैं यो सम्बन्ध सधैभरि जारी रहने बताउनुभयो । भवन र पुस्तकालय २ करोड ४३ लाख ७० हजार ५ सय ३१ रुपैयाँको लागतमा निर्माण गरिएको हो । २०६६ साल मंसिरमा निर्माण शुरु भएर २०७७ भदौं ४ गते विद्यालयलाई हस्तान्तरण गरी कक्षा सञ्चालन भईरहेको छ ।

कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका प्रमुखा गोपालचन्द्र बुढाथोकी , विशेष अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले गोर्खा वयरफेयर ट्रष्टले सुविधा सम्पन्न भवन निर्माण गरेर यहाँको शैक्षिकक्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो । बेलायतको फोक्सटन टाउन र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध रहेको भन्दैं दुई देशबीचको सम्बन्ध अझ दरिलो र मजवुत हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ झापा प्रमुख राजकुमार विश्वकर्मा, वरिष्ठ क्षेत्र वयरफेयर अधिकृत खेमराज मादेनलगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानध्यापक युवराज काफ्ले र स्वगत ले सञ्चालन प्रधानध्यापक शुक्रराज घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)