Aamsanchar

 बिर्तामोडको आधार हस्पिटलले लेदो जमेको स्लाइन लगाइदिए पछि…

Author Image
बुधवार, भदौ १५, २०७९

झापा । झापाको बिर्तामोड–३ खाद्यय संस्था पूर्व दक्षिणमा रहेको आधार हस्पिटलका डाक्टर तथा नर्सले उपचारमा त्रुटी गरेको भनेर सेवाग्राहीहरुले अस्पतालको लापरवाही प्रति आपती जनाएका छन् ।

आज विर्तामोड १ का ४ बर्षे बालकलाई ज्वरो, बान्ता लगायतको समस्याका कारण उपचारको लागि आधार अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रमम बच्चालाई स्लाइन जढाइएको बोटल भित्र सेतो लेदो देखिए पछि विरामी बच्चाका अभिभावकहरुले अस्पतालले उपचारको नाममा बालको स्वास्थ्य प्रति हेलच्याक्राई गरेको भनेर आपती जनाएका थिए ।

घटना को नालीबेली
बिर्तामोड–१ का तुलसी पाठकका छोरा सन्तुलन पाठकलाई स्वरो, वान्ता रोकिने स्लाईन चढाईएको थियो । अस्पतालमै रहेको फार्मेसीबाट खरिद गरिएको उक्त स्लाईन र औषधि बालकको उपचारमा प्रयोग गरियो । तर उक्त स्लाइन अरुबेलाको भन्दा फरक र प्रदुशित जस्तो देखियो । त्यसपछि बिरामी बालकका अभिभावकहरुले कतै प्रयोग गरिएको स्लाइन गलत र खराव त परेर भनेर त्याहाँ कार्यरत डाक्टरलाई जिज्ञाषा राख्दा डाक्टरले त्यस्तो केही होईन सबैलाई लगाउने यस्तै हो भनेर हलुका जवाफ दिए, स्लाईन आधा चढाई सकेपछि नर्सले आएर उक्त स्लाईन निकालिन र अर्को किनेर ल्याउनु भनिन त्यस पछि अर्को लिएर आयौं । अर्को स्लाइन लगाए पछि अभिभावकले अघिको स्लाईन किन निकाल्नु भएको भनेर प्रश्न गर्दा त्यसमा ढुसी (फङगस) थियो त्यसैले फ्यालीदिएको जवाफ पाए पछि हामि डरायौं । ढुसी भएको स्लाईन रगतमा मिल्दा बच्चामा थप समस्या आउने हो की भनेर डरायौं छौं । अस्पतालबाट भएको लापरवाही प्रति छानविन हुनु पर्ने बच्चाकी आमा समिक्षा संग्रौलाले बताईन ।

अभिभावकहरुले लेदो रहेको स्लाइनको बारेमा अरु नै डाक्टरहरु संँग बुझदा यस्तो लेदो नहुने जानकारी पाएपछि अभिभावहरुले आधार हस्पिटलमा बालकलाई लगाएको स्लाइनको गुणस्तर जाच गर्ने भनेर लेदो भएको स्लाइन बालकका अभिभावकहरुले नियन्त्रणमा लिएका छन् । हाल बालकलाई उक्त अस्पतालबाट निकालिएको छ ।
अस्पतालका डाक्टर र फार्मेसी सञ्चालकले राम्रो व्यहार नगरेको प्रति पनि पिडित बालकका अभिभावले अस्पताल प्रसाशन प्रति गुनासो राखेका छन् । अस्पताल पक्षले आफ्नो तर्फबाट कुनै त्रुटी नभएको भनेर जिकिर गर्दै आएको थियो ।

बालकका अभिभावकहरुले वडाध्यक्ष मदन बुढाथोकी, सामाजिक अगुवाहरुलाई बोलाएर सत्य तथ्य के हो भन्ने बारेमा कडा रुपमा प्रश्न गर्न थालेपछि अस्पताल पक्ष आफ्नो तर्क बाट लचिलो बने पछि उपचारमा त्रुटी देखिएको भनेर तत्कालको लागि पिडित बालको पक्ष र अस्पताल पक्ष विच भद्र समजदारीमा घटनाको बारेमा छानविन गर्ने र अस्पताल पक्ष दोशी ठहरिए कानुन बमोजिम कार्वाहीको भागेदारी हुने भनेर अस्पतालको तर्फबाट डा. सिकेन्द्रकुमार यादव, पिडित पक्षबाट बालकका बुवा तुलसी पाठक र साक्षीहरु वडाध्यक्ष मदन बुढाथोकी,झरेन्द्र प्रसाद उप्रेती, बलराम कार्की रहेर कागज गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
1
+1
0
+1
1
+1
4
+1
2
+1
13
Views: 1561

प्रतिक्रिया (०)

सम्बन्धित खबर